arrow

अर्थतन्त्रको बोझ भनेर चीनले वृद्ध नागरिकलाई खोप नलाएको भन्दै आलोचना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २३ सोमबार
xi-jinping-china.jpg

काठमाडौं । चीनमा ६० वर्षभन्दा माथिका धेरै वृद्ध वृद्धाहरूलाई कोभिड १९ विरुद्धको खोप नलगाउने काम चिनियाँ अधिकारीहरूले जानाजानी अर्थतन्त्रको बोझ भन्दै वृद्ध वृद्धाहरूलाई संरक्षण रडारबाट बाहिर निकाल्नका लागि गरेको हुनसक्ने ठानिएको छ ।

अस्पतालमा बेड र एन्टिभाइरल चक्कीहरू जस्ता पर्याप्त चिकित्सा स्रोतहरू भए तापनि ६० वर्षभन्दा माथिका अधिकांश वृद्ध वृद्धाहरूलाई अहिलेसम्म खोप नलगाइएको द हङकङ पोस्टले रिपोर्ट गरेको छ। 

यसबाहेक, वृद्धहरूको आवश्यकता पूरा गर्ने उद्देश्यले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले जारी गरेको दिशानिर्देश चीनमा पालना गरिएको छैन । यसैको नतिजा स्वरूप कोभिडका कारण मृत्यु हुनेको वृद्धहरूको संख्या उच्च देखिएको छ ।

खोप नभएकै कारण धेरै वृद्धहरूले सांघाई अस्पतालमा ज्यान गुमाएको बताइएको छ । यसबाहेक चीनले अँगालेको श्रम गहन आर्थिक कार्यक्रमले पनि ६० वर्ष मुनिका मानिसहरूलाई मात्र प्राथमिकतामा राख्ने हङकङ पोस्टले रिपोर्ट गरेको छ। 

यद्यपि, सेवा निवृत्त भएका धेरै वृद्ध वृद्धाहरू पर्याप्त स्रोतहरू बिना नै छोडिएका छन्, जसको लागत परिवार वा राज्यले वहन गर्दछ। फलस्वरूप वृद्ध जनसङ्ख्याको वृद्धिले श्रम शक्तिको आपूर्ति घटाएको छ र परिवारमा बोझ बढाएको छ। 

स्वास्थ्य हेरचाह खर्चले चिनियाँ जीडीपीको एक चौथाइ सम्म लिन सक्छ। वृद्ध जनसङ्ख्याको बुद्धिलाई रोक्न नसकिने भएकाले यसले देशको दीर्घकालीन सन्तुलित विकासमा गम्भीर असर पार्न सक्छ ।

पीआरसीको राष्ट्रिय स्वास्थ्य आयोगले ५० वर्ष भन्दा माथिका८० प्रतिशत भन्दा बढी मानिसहरूलाई खोप लगाइएको बताएको छ । यो विषयलाई लिएर आलोचकहरूले चिनियाँ अधिकारीहरूको नियतमाथि प्रश्न उठाएका छन् ।

चीन आधारित समाचार आउटलेटको रिपोर्टले वेबसाइटमा वृद्ध व्यक्तिहरूको मृत्यु र संक्रमणको समाचार प्रकाशित हुनासाथ तुरुन्तै हटाइने गरेको जनाएको छ । 

चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘लगनशीलताले जित हासिल हुन्छ’ भनी दोहोर्‍याए पनि कोभिड–१९ का कारण धेरै बृद्धबृद्धाको मृत्यु भइसकेको तथ्यलाई अस्पष्ट पारेका छन् ।

यसबाहेक चिनियाँ अधिकारीहरूले सरकारी स्वामित्वका उद्यमहरूमा विद्यार्थी र कर्मचारीहरूलाई जतिसक्दो चाँडो खोप लगाउन निर्देशन दिए तापनि, देश र समाजको लागि बेकार र अनुत्पादक भएको भन्दै चीनले वृद्ध व्यक्तिहरूको हेरचाहमा समय वा पैसा लगानी गर्न चाहेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ