arrow

परासीको जिल्ला अदालत नजिकै गोली चल्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २३ सोमबार
gunfire.jpg

परासी । पश्चिम नवलपरासीको सदरमुकाम परासी बजारमा गोली चलेको छ । जिल्ला सदरमुकाम परासी बजारमा रहेको जिल्ला अदालत नजिकै गोलि चलेको पश्चिम नवलपरासी प्रहरीले जनाएको छ ।

अंश मुद्दाका झगडिया सरावल गाउँपालिका–४ मंगलापुरका ३२ वर्षीय हर्षराम यादवले आफ्नी काकी रोशनी यादवलाई लक्षित गरेर गोली हानेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताए । यद्यपि गोली कसैलाई लागेको छैन ।

प्रहरीका अनुसार अंश मुद्दामा उनीहरू बीच सोमबार मिलापत्र गर्ने तयारी थियो । गोली चलाउने हर्षरामको खोजी भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ