- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पश्चिम नवलपरासी । पाल्हिन्दन गाउँपालिकाको परासी–महेशपुर सडक खण्डको परसियामा स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
पाल्हिनन्दन गाउँपालिका वाड नं ३ परसिया निवासी बृजेश तेली गुप्ताले आफैँ चलाई रहेको यूपी ५६ ए ३८२३ स्कुटी अनियन्त्रित भई पल्टिँदा उनको घटनास्थलमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय अमानीगंजका प्रमुख प्रहरी सहायक निरीक्षक ओेमप्रकाश यादवले जानकारी दिए ।
दक्षिणबाट उत्तरतर्फ जाने क्रममा स्कुटी अनियन्त्रित भई गुप्ताको मृत्यु भएको हुन सक्ने बुझिएको हो । पारिवारिक स्रोतका अनुसार उनी ब्लड प्रसेरका बिरामीसमेत रहेको बताइएको छ ।
घटनास्थलमा प्रहरी पुगिसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।