arrow

नेपाल प्रहरीका पाँच र सशस्त्रका एक डीआईजीको एआईजीमा बढुवा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २३ सोमबार
pm-office.jpg.jpeg

काठमाडौं । सरकारले नेपाल प्रहरीका पाँच जना डीआईजीलाई एआईजीमा बढुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

डीआईजीहरू उत्तम सुवेदी, अरुणकुमार बीसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह एआईजीमा बढुवा भएका हुन् ।

यता, सरकारले सशस्त्र प्रहरीका डीआईजी चन्द्रप्रकाश गौतमलाई पनि एआईजी मा बढुवा गर्ने निर्णय गरेको छ । यसअघि नै सशस्त्रमा नारायणदत्त पौडेलको बढुवा भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ