arrow

खप्तडमा एक महिला बेपत्ता

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७३ भदौ ६ सोमबार
khaptad-(1).jpg.jpeg
बझाङ। खप्तडमा भैसी चराउन गएकी एक महिला एका एक बेपत्ता भएकी छन्। माझीगाँउ गाबिस ४ धडा घर भएकी ५५ बर्षिया हरिना सार्की गएको साउन ३० गते देखि बेपत्ता भएकी हुन्।
 
दिउसोको गोठानमा खाना खाएर भैसी चराउन गएकी सार्की बेलुका गोठानमा नफर्के पछि  स्थानिय गोठालाहरुले उनको खोजी गरेका थिए। हराएकी हरिनाको खोजी गरि स्थानिय गोठालाहरुले नेपाली सेनालाई खबर गरे पछि गोठाला, नेपाली सेना र सार्कीका गाँउलेहरुले खोजी गरि रहेका छन्।
 
हराएको नौ दिन भई सक्यो जंगल देखि पाटन सबै तिर खोजी सक्यौ तर भेटाउन सकेनौ बेपत्ता भएकी सार्कीका छोरा हिक्मत सार्कीले भने। बाजुराको काडा, अछाम र डोटी जिल्लामा मात्र खबर गर्न बाँकी छ। सार्कीको खोजी कार्याका लागी प्रहरीलाई समेत जानकारी गराउने सार्कीले बताए। घना जंगल र उस्तै उस्तै लाग्ने पाटनका कारण खप्तडमा बर्षेनी मान्छे बेपत्ता हुने गरेका स्थानिय बुढापाका बताउन्छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ