arrow

औषधि, कपडासहित दुई करोडको तीन ट्रक अवैध सामान बरामद

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २६ बिहिबार
birjung_mahanagarpalika.png

वीरगञ्ज । पर्साका विभिन्न स्थानबाट प्रहरीले करिब रु दुई करोड बराबरको औषधि, लत्ताकपडालगायत सामग्री बरामद गरेको छ । प्रहरीले उक्त सामग्री बोकेको तीन ट्रक नियन्त्रणमा लिएको छ । 

ट्रक नियन्त्रणमा लिएर चालकलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । 

वीरगञ्ज महानगरपालिका–१० घण्टाघरबाट विभिन्न सामग्री बोकेको बा५ख ८६५८ र लु२ख ५३४९ नम्बरको ट्रक तथा वीरगञ्ज–८ माईस्थानबाट विभिन्न किसिमका औषधि, लत्ताकपडालगायत सामग्री बोकेको  ना४ख ४३०१ नम्बरको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ