दोलखा। नेपाल तरुण दल दोलखाको क्षेत्रीय अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। निर्वाचनमा क्षेत्र नं. १ वाट कामसर्की शेर्पा र क्षेत्र नं. २ बाट ङावा शेर्पा अध्यक्षमा विजयी भएका छन्। क्षेत्र नम्वर १का शेर्पा नेविसंघका महामन्त्री कुन्दन काफ्ले निकट मानिन्छन्। विजयी भएका कामसर्की शेर्पाले ६० र ङावा शेर्पाले ८३ मत पाए। अन्य सबै पदमा आइतवार नै सर्वसम्मत भएको थियो।
क्षेत्रीय अध्यक्षको लागि क्षेत्र नम्वर १ मा उमेश योगी, कामसर्की शेर्पा, धनबहादुर योञ्जन, विजय खड्का र विशाल कार्कीले उम्मेदवारी दिएका थिए। त्यस्तै क्षेत्र नं २ मा पदमराज पाठक, ङावा शेर्पा र भीम बहादुर लामा मैदानमा उत्रिएका थिए। क्षेत्र नम्बर १ बाट केन्द्रीय प्रतिनिधिमा चन्द्रगणेश काफ्ले र २ बाट तिलक थापा निर्विरोध भए।
तरुण दलको जिल्ला अधिवेशन भने मंगलवार रहेको छ।