arrow

इन्धन अभावबारे प्रधानमन्त्रीले आपूर्तिमन्त्रीलाई सोधे

logo
प्रकाशित २०७३ भदौ ६ सोमबार
Mantri-bohara-thagi-aarop.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले उपत्यकामा देखिएको इन्धन अभावबारे आपूर्तिमन्त्री दीपक बोहरालाई सोधेका छन् । सोमबार प्रधानमन्त्री दाहालले आपूर्तिमन्त्री बोहरालाई टेलिफोन गरी बजारमा देखिएको इन्धनको अभावबारे बुझेका हुन् । 
 
प्रधानमन्त्रीले आपूर्तिमन्त्री बोहरालाई सोधे, ‘उपत्यकामा पेट्रोलियम पदार्थको अभाव भएको सूचना आएको छ । पेट्रोल पम्पहरुमा लाइन लाग्न थालेको छ, यसको कारण के हो ? यसको तत्काल समाधानका लागि प्रयत्न गर्नुहोस् ।’
 
प्रधानमन्त्रीले बजारको नियमित अनुगमन गर्न, पेट्रोलियम पदार्थ लगायत जनताको दैनिकीसँग गाँसिएका उपभोग्य बस्तुहरुको सहज आपूर्तिलाई नियमित गर्न मन्त्री बोहरकाको ध्यानाकर्षण गराए । 
 
जवाफ आपूर्तिमन्त्री बोहराले तीन दिन लामो विदाका कारण उपत्यकामा इन्धनको आपूर्तिमा केही समस्या देखिएको भन्दै मन्त्रालयले जुन सुकै परिस्थिति र समयमा पनि पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या नआउने गरी आपूर्ति व्यवस्था सहज गर्ने तयारीमा लागेको जानकारी दिए । 
 
यद्यपि, नेपाल आयल निगमका अधिकारीहरुले भारतको बरौनी लगायतका नाकाबाट डिपो सफा गर्न लागिएको भन्दै लोड कम भएको बताएका छन् । यता, थानकोट डिपोको एउटा ट्याङकी चुहिएपछि भण्डारणमा पनि केही कमी आएको अधिकारीहरुले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ