arrow

डेढ करोड विगो माग गर्दै सशस्त्रका एसएसपी सहित ४ विरूद्ध मुद्दा

logo
प्रकाशित २०७३ भदौ ६ सोमबार
CIAA-office-building.jpg.jpeg
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितताको आरोपमा सशस्त्र प्रहरीका एसएसपी सहित ४ विरूद्ध मुद्दा दायर गरेको छ । अख्तियारले सशस्त्रका बरिष्ठ प्रहरी  उपरीक्षक गोपाल मिश्र सहित ४ जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । 
 
अख्तियारले मिश्र  विरूद्ध २०७१ माघदेखि २०७२ माघ महिनासम्म सशस्त्र प्रहरी वल, नौवस्ता, बाँकेमा कार्यालय प्रमुख (समादेशक) को हैसियतमा कार्यरतरहँदा आर्थिक बर्ष २०७१-०७२ को बजेटबाट गोप्य रुपले किर्ते खरिद बोर्ड गठन गरी फर्जी बिल भर्पाई गरेको आरोप लगाएको छ । 
 
यसरी नक्कली विल बनाई कम परिमाणमा वारवेड वायर र कन्सर्टिना वायर खरिद गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन उपर अनुसन्धान र तहकिकात हुँदा खरिद सम्झौतामा जिल्ला र स्थानीय दररेटभन्दा अत्यधिक मूल्य बढाई कम परिमाणमा उक्त सामानहरु खरिद भएको भेटिएको आरोप पनि अख्तियारले लगाएको छ । 
 
मिश्रकै प्रत्यक्ष आदेश र निर्देशनमा लेखा प्रमुख सशस्त्र प्रहरी निरीक्षक चित्र बहादुर के.सी.ले स्काई वेब ईन्टरनेसनल, बर्षा ईन्टरनेसनल र जे.जे. ट्रेडिङ्ग एण्ड ईन्टरप्राइजेज, काठमाण्डौंका संचालक राजु रावलसँग मिलेमतो गरी सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ को कानुनी प्रावधान समेत पूरा नगरी सामान खरीद गरेको भेटिएको अख्तियारद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । 
 
त्यस्तै, नक्कली दस्तखतबाट झूठ्ठा खरिद प्रतिबेदनका कागजातहरु बनाई बनाउन लगाई खरिद सम्झौताका शर्त समेतको उल्लंघन गरी मिश्र र के.सी. ले लेखा शाखा मै कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार नैन बहादुर वलीलाई प्रयोग गरी विभिन्न किर्ते कागजातहरु समेत तयार गर्न लगाई उक्त सामान खरिदको लागि बिनियोजित रकम बिल बिजक र सामान स्टोरमा दाखिला नहुँदै आपूर्तिकर्तालाई पूरै रकम सम्झौता गरेकै दिनमा भुक्तानी गरेको आरोप पनि लगाएको छ । 
 
यसरी आपूर्तिकर्तालाई उनीहरूले एक करोड ६६ लाख बराबरको सरकारी रकम आफूहरु समेतलाई गैरकानूनी लाभ र नेपाल सरकारलाई गैरकानूनी हानी पुर्याउने वदनियतले भ्रष्टाचार गरेको अनुसन्धान तथा तहकिकात समेतबाट पुष्टी हुन आएकोले देहाय बमोजिमका राष्ट्रसेवक कर्मचारीहरु र आपूर्तिकर्ता विरूद्ध समेत मुद्धा दायर गरिएको अख्तियारले जनाएको छ । 
 
अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेकाहरूको विवरण :
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ