काठमाडौं । नेपाली सेनाले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालयले जारी गरेको सूचना अनुसार विभिन्न पदमा योग्यता पुगेका नेपालीहरूले सोमबारकै मितिदेखि असोज ४ गतेसम्म दरखास्त दिन सकिने जनाएको छ ।
काठमाडौंको भद्रकाली स्थित जंगी अड्डा अगाडिबाट आवेदन फारम पाईने र त्यहीँ बुझाउन सकिने जानकारी पनि नेपाली सेनाले दिएको छ । सेनाले हवाई इन्जिनियरदेखि लेखा अधिकृतसम्म विभिन्न १७ पदमा आवेदन आह्वान गरेको हो ।
बाँकी सूचनामा हेर्नुहोस् :