arrow

सामाजिक सञ्जालमा अश्लील तस्बिर र भिडियो राखी चरित्र हत्या गर्ने दुई जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २७ शुक्रबार
Arrest-Crime.jpg

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालमा महिला तथा नाबालिकाको अश्लील भिडियो र तस्बिर बनाएर पोस्ट गरी चरित्र हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । 

पीडितको जाहेरीपछि एक जनालाई धुलिखेलबाट र एक महिलालाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पीडित नाबालिकाको तस्बिर इडिट गरी अश्लील भिडियो बनाएर नाबालिकाका आफन्त तथा साथीभाईलाई सामाजिक सञ्जालमा पठाएर चरित्र हत्या गरेको आरोपमा जेठ २५ गते काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नम्बर ६ घर भएका २० वर्षीय विकेश सोजुँलाई प्रहरीले पक्राउ गरेको हो ।

विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर धुलिखेल नगरपालिका–६ बाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ । 

यस्तै महिलाको तस्बिर दुरुपयोग गरी समाजमा अपाच्य हुने खालको फोटो क्याप्सनसहित पोस्ट गरी महिलाको चरित्र हत्या गरेको आरोपमा खोटाङ, ऐसेलुखर्ककी २० वर्षीया भोजकुमारी दाहाललाई पनि प्रहरीले पक्राउ गरेको छ । 

उनीहरूमाथि काठमाडौं जिल्ला अदातलबाट पाँच दिनको म्याद थप भई अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ