arrow

क्रान्तिकारी रोल्पाको लिबाङमा पहिलो पटक अटो रिक्सा

logo
कविता उपाध्याय,
प्रकाशित २०७३ भदौ ६ सोमबार
rolpa-ato-rii.jpeg
रोल्पा । क्रान्तिकारी जिल्लाका रुपमा चिनिएको रोल्पामा आइतबारदेखि पहिलो पटक २ वटा अटो रिक्सा संचालनमा आएका छन् । 
 
छोटो दुरीका यात्रुहरुको समस्यालाई मध्यनजर गर्दै लिबाङ –६ रोल्पाका प्रकाश डाँगी र जंकोट ९ रोल्पाका मिलन डाँगीको संयुक्त प्रयासमा रिक्सा संचालनमा ल्याइएका हुन् । बिहान ९ बजे दाङबाट छुटेका रिक्साहरु करिब ३ बजे लिबाङ आइपुगेका थिए  । 
 
जिल्लामा संचालित अन्य सवारी साधनको तुलनामा सस्तो दररेट कायम गरी छोटो दुरीका यात्रुहरुलाई सहज र सुलभ तरिकाले सुविधा दिने डाँगीहरुले बताएका छन् । 
 
सेवा पनि हुने र आफूहरुको बेरोजगारी समस्या समाधान पनि हुने भन्दै पहिलो पटक जिल्लामा नयाँ कामको सुरुवात आफैबाट थालिएको उनीहरुले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ