arrow

लागुऔषधसहित तीन युवक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २७ शुक्रबार
Pakrau.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराको नागढुंगाबाट लागुऔषधसहित तीन जनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. ८ का वर्ष २५ का बिराज हमाल, वडा नं. ४ का वर्ष २६ का देवान्स थापा र आँधीखोला गाउँपालिका वडा नं.३ का वर्ष २० का मनिष पौडेल रहेका छन् । 

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको कास्की प्रहरीका निमित्त प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए । 

पक्राउ परेकाहरुको साथबाट लागूऔषध डाईजापाम-७० एम्पुल, फेनेरागन-१२० एम्पुल, नुर्फिन-९५ एम्पुल गरी जम्मा-२८५ एम्पुल र मोबाईल चार वटा बरामद भएको खड्काले बताए । उनीहरु विरुद्ध कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ