arrow

५० लाख फिरौती माग्ने शान्तराज पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २७ शुक्रबार
Shantaraj.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले ठगी मुद्दामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाजुरा बडीमालिका नगरपालिका वडा नं. ७ का २७ वर्षीय शान्तराज तिमिल्सेना रहेका छन् ।

लुकीछिपी भिडियो बनाएर धम्क्याउँदै फिरौती माग गरेको भन्ने जाहेरीका आधारमा तिमिल्सेनालाई पक्राउ गरिएको कास्की प्रहरीका निमित्त प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए । 

प्रहरीका अनुसार उनले पोखराका एक व्यक्तिसंग ५० लाख रुपैयाँ माग गरेकोमा तीन लाख रुपैयाँ लिएर पनि पटकपटक धम्की दिएका थिए । 

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय कैलालीको समन्वयमा उनलाई पक्राउ गरिएको बताइन्छ ।

उनलाई कास्की जिल्ला अदालतबाट अपराधिक विश्वासघात (एक्सटर्सन) सम्बन्धी कशुरमा सात दिन म्याद थप गरि अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीेले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ