arrow

काँग्रेसीहरुबीच तनाव भएपछि जनसम्पर्क समिति जापानको निर्वाचन रोकियो

logo
प्रकाशित २०७३ भदौ ६ सोमबार
nejasa-chunaab-sthahgit.jpeg
जापान। नेपाली जनसम्पर्क समिति जापानको निर्वाचन रोकिएको छ। पार्टी कार्यालयले पत्र पठाइ निर्वाचन रोक्न निर्देशन दिएपछि चुनाव रोकिएको हो। यही २१ अगष्टमा हुन भनिएको निर्वाचनका क्रममा तनावको स्थिति सिर्जना भएपछि काँग्रेसले चुनाव स्थगित गरेको हो। 
 
नेपालका विभिन्न ठाउँमा क्रियाशिल सदस्यता रहेका व्यक्तिहरुले जापानमा आफ्नो क्रियाशिल सदस्य सारेको भन्ने विवाद वढ्दै जाँदा तनाव भएको थियो। यहि विषयमा काँग्रेस कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले नेपालको कुनै पनि ठाउँबाट जनसम्पर्क समितिमा सदस्यता सार्न नमिल्ने जानकारी गराउँदा गराउँदै निर्वाचन समितिले निर्वाचन गराउँदा व्यवधान आएको भन्दै चुनाव रोक्न निर्देशन दिएका हुन्। उनले निर्वाचन समितिका संयोजक महेश कुमार श्रेष्ठका नाममा पत्र  लेखेर चुनाव स्थगित गर्न निर्देशन दिएका हुन्। 
 
देउवाको प्रभाव देखाएर सुबेदीले चुनाव रोकाएको आरोप 
नेपाली जनसम्पर्क समिती जापान को छैठौ अधिबेसन अन्तर्गत पहिलो चरण बिधान सभा सम्पन्न भैसकेपछी दोस्रो चरण अन्तर्गत निर्वाचन बाट भाडभैलो निम्तिएको हो। कामचलाउ सभापती नारायण सुबेदीले साथ दिएका रोशन केसी प्यानलले मतदानमा सहभागीता जनाएन। जापानका ९ वटा क्षेत्र मध्य ४ वटा क्षेत्र कान्तो, फुकुवका, हिरोसिमा र ओसाका क्षेत्र जहाँ धाधँलीरहित र निष्पक्ष तरीकाबाट निर्वाचन सम्पन्न भएपनि बाँकी क्षेत्रमा समस्या देखिएको थियो। 
 
 
जापानका ९ क्षेत्रका ८६६ मध्ये ६७६ मतदाता यिनै ४ वटा क्षेत्रमा रहेका छन्। २०० मतदाता मात्र रहेका बाँकी ५ वटा क्षेत्रमा निर्वाचन कमिटीले खटाएका प्रतिनीधीलाई अपमानीत गर्ने, मतपत्र च्यात्ने जस्ता कार्य कामचलाउ सभापती नारायण सुबेदी, सभापतिका उमेदवार रोशन केसीको ठाडो निर्देशनमा हर्कत देखाईएको आरोप डिपी कडेल प्यानलले आरोप लगाएको छ। 
 
 
शेर बहादुर देउबासँग केही नजीक मानिएका सुबेदीले दिनकै फरक फरक पत्र पार्टी कार्यालयबाट मगाएर निर्वाचन भाडेको आरोप लगाएका छन्। महामन्त्रीको उमेदवारको रुपमा केसी प्यानलबाट उमेदवारी दिएका रेशम डंगोल आफै मतपत्र जलाउने च्यात्ने च्यातेको जलाएको भिडीयो जलाएर हर्कत देखाएको आरोप लगाएका छन्। आफैले बनाएको निर्वाचन कमिटीलाई आफैले काम गर्न नदिएको आरोप सुबेदी माथी लगाईएको छ। 
 
 
भुकम्प पिडीतका नाममा उठाईएको रकम घोटाला काण्डमा मुछिएको बर्तमान उपसभापति शेरबहादुर केसीलाई उक्साएर नारायण सुबेदीले नै नागोया क्षेत्रमा चुनाब भाडेको आरोप पनि सुबेदीमाथी लागेको छ। निर्वाचन भैसकेको अवस्थामा कार्यतालीका अनुसार २४ तारीक बुधबार घोषणा सभा हुनेछ तर नारायण सुबेदी को ठाडो निर्देशन मा पार्टी कार्यालय बाट मतगणना स्थगित गर्नु भनेर चिठी मगाएको डिपी प्यानलको आरोप छ। आफु अनुकुल मगाईएका बिधान बिपरीतका पत्र नमान्ने डिपी प्यानल ले घोषणा गरेको छ।
 
 
चुनावमा दुई प्यानल खडा भएका थिए। 
 
कँडेल प्यानलमा को को?
डिपी कँडेल प्यानल ले २९ जनाको प्यानल मनोनयन दर्ता गरेको थियो। जसमा सभापती पदमा डण्डपानी कँडेल, महामन्त्रीमा रामजंग कार्की, कोषाध्यक्षमा बाबुराम सापकोटा रहेका छन्। खुल्ला सदस्यहरुमा राजेन्द्र प्रसाद जमरकट्टेल, पुस्करजँग थापा, पेम्बा लामा, धुर्वकुमार थापा, प्रेम कंडेल, हरिप्रसाद कडेल, जीवन खड्का, लक्ष्मण थापा, राजन कुमार गिरी, उल्लास पान्डे, कृष्ण गैरे, बद्री पौडेल, शुसिल पौडेल, लक्ष्मण बानीया, भिमलाल गैरे, अशोक शर्मा, सुजन खड्का, कृपन दाहाल, नबिन सागर सापकोटा, राम बहादुर कार्कीले उमेदवारी दर्ता गरेका थिए। 
 
महिला तर्फबाट नागोया क्षेत्रकी निबर्तमान सभापती साधना घिमिरे, सुस्मा लामा, गितादेबी कँडेलले उमेदवारी दर्ता गराएका थिए। त्यस्तै जनजातीतर्फ दिपक बुर्जा मगर, मिनराशी गुरुङ र मेख बहादुर लामाले उमेदवारी दर्ता गराएका थिए। निर्वाचन कमिटीले तोकेको समय भित्रै उम्मेदवारी दर्ता गराएर कँडेल प्यानल मैदानमा होमिएको थियो। 
 
केसी प्यानलमा को को?
लाल ब.केसी र डण्डपाडी कडेल गरि दुई प्यानलमा विभक्त यस अधिवेशनमा रोशन केसीको पक्षधर समूहबाट रेशम डंगोल महामन्त्री र सावित्री लामा (लक्ष्मी) कोषाध्यक्षका उम्मेदवार थिए। केसीको प्यानलका सदस्यहरुमा एल.एन.गुरागाई (लक्ष्मण), पोषकान्त न्यौपाने, कमल आचार्य, नवराज थापा, सुजन जोशी, विष्णुप्रसाद अर्याल, वासुदेव वस्ताकोटी, रामप्रसाद बाँस्तोला, रामशरण रेग्मी, किरण उप्रेती, लक्ष्मी तामाङ, मल्जु क्षेत्री लगायत रहेका थिए। यो प्यानललाई वर्तमान सभापति नारायण सुवेदी र पुर्व सभापति बलराम श्रेष्ठको समर्थन रहेको दावी गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ