arrow

रुस–युक्रेनको युद्धमा जसले हारेपनि चिनियाँ हतियार दिग्गजहरू सधैँ विजेता

logo
भेलेरियो फ्याब्री,
प्रकाशित २०७९ जेठ २९ आइतबार
china-weapon-export.jpg

काठमाडौं। युक्रेनमा रुसको सैन्य अपरेशनले हतियार उद्योगको भाग्य चम्काएको छ। जहाँ ठूलो नाफा कमाउन सक्षम बनाएको छ। फेब्रुअरी २४ देखि चलिरहेको रुस–युक्रेन द्वन्द्वले रक्षा खर्चमा ठूलो वृद्धि भएको देखाएको छ। 

गत अप्रिलमा अमेरिकाले युक्रेनलाई थप ८० करोड अमेरिकी डलर हतियार, गोलाबारुद र अन्य सुरक्षा सहयोग पठाउने बताएको थियो । युरोपेली सङ्घले भर्खरै युक्रेनलाई ४५ करोड अमेरिकी डलरको हतियार किन्ने र वितरण गर्ने घोषणा गरेको छ। एक प्रतिवेदनका अनुसार अमेरिका र नेटोले १७ हजार एन्टिट्याङ्क हतियार र २ हजार स्टिङ्गर एन्टिएयरक्राफ्ट मिसाइलहरू पठाएको अनुमानित गरेको छ।

त्यसैले विश्वभरका हतियार उद्योगले रुस–युक्रेन द्वन्द्वलाई सङ्कटको सट्टा सुनौलो अवसरका रूपमा हेरिरहेका छन्। चिनियाँ हतियार निर्माता र उद्योगहरू पनि यहाँ फरक छैनन्। बेइजिङले नयाँ हतियार बिक्रीका अवसरहरूबारे कुनै जानकारी उपलब्ध नगराए पनि मध्यपूर्वी र अफ्रिकी देशहरूलगायत धेरै देशहरूबाट चिनियाँ हतियार र गोलाबारुदको ठूलो माग हुने अपेक्षा विज्ञहरू गरिरहेका छन्।

चलिरहेको द्वन्द्वले धेरै देशहरूलाई रक्षा र सुरक्षामा आफ्नो बजेट बढाउन बाध्य बनाएको छ। जबकि चीनले यसलाई हतियार र गोलाबारुद बेच्ने र पैसा कमाउने अवसरको रूपमा हेरेको छ। किनभने धेरै देशहरू रुसी प्रतिबन्धहरूको परिणामबाट बच्न हतियार आपूर्तिको लागि रुसलाई अस्वीकार गर्दै चीनतर्फ हेर्न सङ्केतहरू देखिएको छ।

चीन हाल विश्वको चौथो ठूलो सैन्य उपकरण निर्यातकर्ता देश हो । जसले आफ्नो हतियार बिक्री मात्र होइन सैन्य तालिम र अफ्रिकाको पूर्वाधार परियोजनाहरूमा लगानी पनि बढाउँदै छ । जसले बेइजिङलाई महाद्वीपमा खुट्टा राख्न दिइरहेको छ। 

‘हतियार बिक्री कूटनीतिले चीनलाई ती अफ्रिकी राज्यहरूमा धेरै प्रभाव, धेरै शक्ति दिन्छ’, जेन्सका प्रमुख विश्लेषक डिलन ली लेहर्कले भने, ‘यो युग सैन्य निर्भरता हो।’

जेन्स, विश्वव्यापी हतियारहरूका प्रकाशनहरूका लागि परिचित कम्पनीले गरेको नयाँ विश्लेषणका अनुसार अफ्रिकी महादेशका ५४ देशहरूमध्ये झन्डै ७० प्रतिशत चिनियाँ सशस्त्र सैन्य सवारी साधनहरू छन् र अफ्रिकाका सबै सैन्य सवारी साधनहरूमध्ये झन्डै २० प्रतिशत चीनबाट आयात गरिएका छन् ।

अध्ययनले महाद्वीपको परम्परागत हितकारी रुसको तुलनामा अफ्रिकामा चिनियाँ सैन्य उपकरण बिक्रीमा विगत दुई दशकहरूमा तीव्र वृद्धि देखाउँछ। तान्जानिया, नाइजेरिया, सुडान, क्यामरुन, जिम्बाब्वे, जाम्बिया, ग्याबोन, अल्जेरिया, नामिबिया, घाना र इथियोपिया जस्ता देशहरू चिनियाँ हतियारको प्रमुख आयातकर्ता हुन् ।

सन् २०१३ मा बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) घोषणा भएदेखि नै सम्पूर्ण मध्यपूर्वमा चीनको पदचिह्न द्रुत गतिमा फराकिलो हुँदै गएको छ। चीनको ध्यान मुख्यतया मध्यपूर्वमा पूर्वाधार र कनेक्टिभिटी परियोजनाहरूमा बीआरआई जडित आर्थिक लगानी सम्झौताहरूमा केन्द्रित छ। 

बेइजिङले मध्यपूर्वको आकर्षक प्रतिरक्षा बजारलाई ध्यानमा राखेको छ। यस क्षेत्रको विकासशील भूराजनीति र अमेरिकाको तर्फबाट अनिश्चित नीतिहरूले पनि चीनलाई आफ्नो रणनीतिहरू पुनर्स्थापित गर्न प्रेरित गरेको देखिन्छ ।

स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट (सीप्री) को हालैको रिपोर्ट अनुसार चीनले २०१७ देखि २०२१ सम्म अन्तर्राष्ट्रिय हतियार निर्यातको ४.६ प्रतिशत बिक्री गरेको छ। चाखलाग्दो कुरा के छ भने यो अघिल्लो पाँच वर्षको अवधिमा विश्वव्यापी हतियार बजारमा चीनको ६.४ प्रतिशत हिस्साको तुलनामा हो।

यसले विश्वव्यापी हतियार बिक्रीको सन्दर्भमा चीनका लागि ३१ प्रतिशत घटेको प्रतिनिधित्व गर्दछ । २०१२ देखि २०१६ को तुलनामा २०१७–२०२१ मा विश्वव्यापी हतियार बिक्रीमा ४.६ प्रतिशत गिरावट भन्दा धेरै कम । चीनले २०१७–२१ सम्ममा अमेरिका, रुस र फ्रान्सलाई हतियार बिक्रीमा उछिन्न नसके पनि जर्मनी, इटाली र बेलायत जस्ता परम्परागत हेवीवेटहरूभन्दा अगाडि रहेको छ।

पाकिस्तान, बङ्गलादेश र थाइल्यान्ड जस्ता राष्ट्रहरू हतियार र गोलाबारुद चीनसँग खरिद गर्दछन् । प्रतिवेदनमा भनिए अनुसार चिनियाँ हतियार निर्यातको झन्डै आधा (४७ प्रतिशत) निकटतम सहयोगी पाकिस्तानले किन्ने गरेको छ भने बेइजिङका अर्का ठूला ग्राहकहरू क्रमशः १६ प्रतिशत र ५ प्रतिशत बङ्गलादेश र थाइल्यान्ड हुन् ।

जब यो सैन्य उपकरणको कुरा आउँछ चीनका ग्राहकहरू प्रायः एसियामा छन् । उपलब्ध जानकारी अनुसार सन् २०१७ देखि २०२१ सम्मको अवधिमा करिब ७९ प्रतिशत चिनियाँ हतियार निर्यात एसियामा भएको थियो भने ४८ वटा देशले चिनियाँ उपकरण खरिद गरेका थिए। 

हतियार निर्यातको तालिकामा चीनको स्थानको सापेक्षिक बललाई हेर्दा, हतियार आयातकर्ताको अन्तर्राष्ट्रिय सूचीमा भारत, साउदी अरेबिया, इजिप्ट र अस्ट्रेलियालाई पछि पार्दै चीन पनि पाँचौँ स्थानमा आउनु अचम्मको कुरा हो।

जहाँसम्म हतियार आयातको सवाल छ चीनले २०१२–२०१६ को तुलनामा ४.४ प्रतिशत आयात गर्दा २०१७ देखि २०२१ सम्म  विश्वव्यापी हतियार आयातको ४.८ प्रतिशत ओगट्यो। सिप्रीको रिपोर्टमा हालको आयातमा चीनको सबैभन्दा बढी ८१ प्रतिशत रुसबाट आएको थियो । जबकि ९.१ प्रतिशत फ्रान्स र ५.९ प्रतिशत युक्रेनबाट आएको छ ।

सिप्रीले उल्लेख गरे अनुसार चिनियाँ हतियार आयात २०१२–१६ र २०१७–२०२१ को बीचमा स्थिर रह्यो, र मुख्यतया दुवै अवधिमा रुसबाट आएको थियो। यद्यपि चीनको हतियार आयात आगामी केही वर्षमा घट्ने सम्भावना छ । किनभने चीनको उद्योगले अहिले अधिकांश ठूला प्रकारका हतियारहरू उत्पादन गर्न सक्षम भइसकेका छन् ।

चीनले साना हतियार, सशस्त्र सवारी साधन, तोपखाना, नौसेना जहाज, विमान र क्षेप्यास्त्र लगायत किफायती र  सैन्य उपकरणको आपूर्तिकर्ता रहेको छ भने पाकिस्तानलाई ३६ जे–१०सी लडाकु विमानहरू र एचक्यू–२२ (एफके–३) सतहबाट(एयर मिसाइलहरू सर्बिया जस्ता देशहरूलाई हतियारहरू बेच्ने गरेको छ।

यद्यपि विज्ञहरूले भने अनुसार धेरै देशहरूले चिनियाँ कम्पनीहरूको विश्वास नभएका कारण पनि बिक्री पछिको सेवामा चीनको राम्रो छवि छैन । उपकरणहरू द्रूत रूपमा खराब हुने गरेको र समयमा सेवा नदिने प्रवृत्तिले चीन प्रतिको विश्वास धेरै देशले गर्न सकेका छैनन् । 

चीनद्वारा निर्मित सीएज–४ सशस्त्र ड्रोनहरू किनेको दुई वर्षभन्दा कम समयमै जोर्डनले बिक्रीको लागि आव्हान गर्‍यो । जसले गर्दा मोरक्को, नाइजेरिया र तुर्कमेनिस्तान जस्ता देशहरूले चीनको सट्टा टर्कीबाट ड्रोन खरिदका लागि प्राथमिकता दिइरहेका छन् ।

रान्ड कर्पोरेसनले २०२१ मा गरिएको अध्ययनले चिनियाँ रक्षा सम्झौताहरूमा स्पष्ट रूपमा कमजोरी औँल्यायो, पारदर्शिता र जबाफदेहिताको अभाव रहेको बताउँदै चीन आफैँ अमेरिकी र युरोपेली सैन्य प्रतिबन्धहरू अन्तर्गत छ र यसले निश्चित रूपमा निर्यातलाई असर गर्छ।

जस्तै थाइल्यान्डले आफ्नो पहिलो एस २६ टी पनडुब्बी जहाज चीनबाट पर्खिरहेको छ। डेलिभरीमा ढिलाइ भयो। पहिले कोभिडद्वारा र त्यसपछि जर्मनीले जहाजको लागि चीनलाई डिजेल इन्जिनहरू बेच्न अस्वीकार गर्‍यो। 

साथै चीनले उच्च अत्याधुनिक पार्टपुर्जाहरू उत्पादन गर्ने क्षमताको कमी आएको छ। किनभने यसलाई अझै पनि अत्याधुनिक सैन्य सामग्रीको पहिलो दर विकासकर्ता र उत्पादकको रूपमा मानिएको छैन।

छोटकरीमा भन्नुपर्दा पश्चिमी प्रविधि र विकासको तुलनामा चिनियाँ सैन्य क्षमता सीमित छ। तर हतियार बिक्री र विश्वभर उपस्थितिको सन्दर्भमा बेइजिङको दृढ नीतिले केही सावधानीपूर्ण कदम उठाउनु पर्ने देखिन्छ।
फ्याब्रीको ब्लगबाट भावानुवाद



नयाँ