arrow

लोकमान विरूद्ध विवेकशील नेपाली पुग्यो सूचना आयोगमा

logo
प्रकाशित २०७३ भदौ ६ सोमबार
lokman.jpg.jpeg
काठमाडौं । विवेकशील नेपाली दलका अभियान्ताहरू अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख लोक मान सिंह कार्की विरूद्ध सूचना आयोगमा पुगेका छन् । आयोगले आफ्ना प्रमुख आयुक्त्त लोकमान सिंह कार्कीको सम्पत्ति विवरण दोस्रो पटक माग गर्दा पनि निवेदन दर्ता गर्न अस्विकार गरेपछि विवेकशील नेपाली दलले कार्कीको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गर्दै राष्ट्रिय सूचना आयोगमा उजुरी दर्ता गरेको हो। 
 
सुचनाको हक सम्बन्धित अधिकारको उपयोग गर्दै विवेकशील नेपालीले लोकमान सिंह कार्कीको सम्पत्ति विवरण माग गर्दै अख्तियार मुख्यालय अगाडी दबाब मुलक कार्यक्रम चलाउँदै आएको थियो । सुचनाको हक सम्बन्धि एन २०६४ अनुसार सार्वजनिक पद धारण गरेका कुनै व्यक्तिले नागरिकहरुले मागेको खण्डमा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नु पर्दछ । 
 
अख्तियारले प्रमुख आयुक्त्तको सम्पत्ति विवरण सार्वजनिक गर्नुको साटो, हरेक पटक सम्पत्ति विवरण माग गर्न जाने अभियानता तथा विवेकशील नेपालीका समर्थकहरु माथि दुर्ब्यबहार तथा गिरफ्तारी गर्दै आइरहेको तर ऐन अनुसार सूचना नदिएको आरोप पनि उनीहरूले लगाएका छन् । 
 
देशमा सुशासनको लागि मार्ग दर्शक बन्नु पर्ने संवैधानिक निकाय आफैले आफ्ना प्रमुखको सम्पत्ति विवरण सार्वजनिक नगर्नुले संस्थाकै विश्वसियानाता तथा प्रतिष्ठामा ठुलो प्रश्न उठाएको पनि उनीहरूले जनाएका छन् । राजनीतिक दलहरु तथा सार्वजनिक पद धारण गरेका व्यक्त्तिहरुको आर्थिक पारदर्शिता अबको मुद्दा भएको हुदा सम्पत्ति विवरण सार्वजनिक गर्ने अभियानलाई विवेकशील नेपाली दलले राष्ट्रव्यापी अभियानको रुपमा अगाडी बढाउने प्रतिवद्धता पनि व्यक्त गरेको विवेकशील नेपालीका अभियान्ता शशि विक्रम कार्कीले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ