arrow

टेष्ट क्रिकेटमा पाकिस्तान पहिलो स्थानमा, भारतलाई झड्का

logo
प्रकाशित २०७३ भदौ ७ मंगलबार
pakistan.jpeg
पोर्ट अफ स्पेन । टेष्ट क्रिकेट वरियतामा पाकिस्तान पहिलो पटक शीर्ष स्थानमा पुगेको छ । वेष्ट इन्डिजविरुद्धको पोर्ट अफ स्पेनमा भएको खेल वर्षाले बराबरीमा सकिएपछि भारतले अंक जोड्न नसक्दा पाकिस्तानले भारतलाई उछिन्दै शीर्ष स्थान ओगटेको हो । 
 
पाकिस्तानले गत हप्ता इङल्याण्डसंगको श्रृंखलामा २–२ को बराबरी गर्नु अनि श्रीलंकाले अष्ट्रेलियामाथि ३–० को क्लिनस्वीप गर्नुले पाकिस्तानलाई शीर्ष स्थानमा पु¥याएको हो । 
 
अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले सन् २००३ देखि टेष्ट वरियता सुरु गरेको थियो । पाकिस्तानको १११ अंक छ भने वेष्ट इन्डिजलाई ४ खेलको श्रृंखलामा २–० ले हराए पनि अन्तिम खेल निर्णयविहीन हुँदा भारत ११० अंकसहित दोस्रो स्थानमा झरेको छ ।
 
 १०८ अंकको अष्ट्रेलिया तेस्रो स्थानमा झर्दा इङल्याण्ड पनि समान अंकसहित चौथो स्थानमा छ । 
 
पाँचौं स्थानको न्यूजिल्याण्डको ९९, छैटौं स्थानको श्रीलंकाको ९५, सातौं स्थानको दक्षिण अफ्रिकाको ९२ अंक भएको छ । घरेलु मैदानमै श्रृंखला गुमाएको वेष्ट इन्डिजको ६७ अंक छ भने नवौं स्थानको बंगलादेशको ५७ अंक छ । 
 
टेष्ट मान्यताप्राप्त १० राष्ट्र रहेकामा ८ अंकसहित जिम्बावे पुछारमा छ । 



नयाँ