रत्ननगर । चितवनको भरतपुरमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
पोखराबाट वीरगन्ज जाँदै गरेको ना ४ ख ३६९३ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको ना ३६ प २२६४ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक नवलपरासी गैँडाकोट–२ का २९ वर्षीय निराजन न्यौपाने र मोटरसाइकलको पछाडि बस्ने सोही ठाउँका ३४ वर्षीय तिलक कँडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
उनीहरुको भरतपुर अस्पतालमा उपचारका क्रममा बिहान १ बजेर ३५ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
भरतपुरस्थित चितवन मेडिकल कलेज अगाडि राति साढे १२ बजे दुर्घटना भएको थियो । दुवैजनाको शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ ।
बसका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रासस