arrow

लागूऔषधसहित पोखराका एक युवक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३० सोमबार
Roshan Baraili.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले आइतबार लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा ममहानगरपालिका वडा नं. १ हरिचोकका बर्ष २४ का रोशन बराइली रहेका छन् । 

उनी सुनौलीबाट पोखरातर्फ आउनेक्रममा पुतलीबजार नगरपालिका वडा नं. १० स्थित सिद्धार्थ राजमार्गमा बा४ख १४२१ नम्बरको हाईस चेकचाँच गर्नेक्रममा पक्राउ परेका हुन् । 

बराइलीको साथबाट फेनेरागन ३५ एम्पुल, नूफाइन ३५ एम्पुल र डाइजापाम ३४ एम्पुल समेत गरी जम्मा १०४ एम्पुल लागुऔषध बरामद भएको प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिए । 

बराइलीलाई जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षक थापाले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ