arrow

प्रदीप ज्ञवाली भन्छन् –निर्वाचन अघि वामपन्थी एकताको सम्भावना छैन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३० सोमबार
pradip-gyawali-2022.jpg

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले तत्काल वामपन्थी पार्टीहरुबीचको एकता सम्भवन नभएको दाबी गरेका छन् । सोमबारको सचिवालय बैठकपछि पत्रकार सम्मेलनमा उपमहासचिव ज्ञवालीले एमाले र माओवादी केन्द्रबीच एकताको अनुमान सही नभएको दाबी गरे । 

उनले अहिले देशलाई वामपन्थी एकातिर र गैरवामपन्थी एक हुनुपर्छ भन्ने पक्षमा आफूहरु नरहेको बताए । ‘त्यो अनुमान सही होइन । छलफल चलिरहेको छ एमाले अहिले देशलाई वामपन्थी एकतातिर र गैरवामपन्थी एक हुनु पर्छ भन्ने ध्रुवीकरणको पक्षमा एमाले छैन ।

एमाले अहिले बलियो राष्ट्रिय शक्ति बनाउने पक्षमा केन्द्रीत रहेको उनको भनाइ छ । आदर्श र निष्टाका राजनीतिक गर्ने वामपन्थी एमालेमा जोडिन सक्ने उनको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ