arrow

किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३१ मंगलबार
Rape-Cases.jpg

मुस्ताङ । जिल्ला प्रहरी कार्यालय मुस्ताङले एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारागुङ मुक्ति क्षेत्र गाउँपालिका वडा नं. ३ चैलेका २९ वर्षीय राजन विक रहेका छन् ।

प्रहरीका अनुसार विकले १६ वर्षकी एक किशोरीलाई जबरजस्ती करणी गरेका थिए । विकले बारागुङ मुक्ति क्षेत्र गाउँपालिका वडा नं. ३ समरस्थित सामुदायिक भवनको शौचालयमा लगि शनिवार साँझ जबरजस्ती करणी गरेको खुलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ घरपझोङ गाउँपालिका–४ जोमसोमबाट विकलाई पक्राउ गरेको हो । विकमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ