arrow

दिदीको घर हिँडेकी नाबालिका बाटोमै बलात्कृत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३१ मंगलबार
Rape-Cases.jpg

बागलुङ । नाबालिकालाई बलात्कार गरेको आरोपमा बागलुङ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

प्रहरीले बरेङ गाउँपालिका-३ का २४ वर्षीय अनिल श्रीषलाई पक्राउ गरेको हो । 

प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार यही जेठ २७ गते बालिका दिदीको घर जाँदै गर्दा उनलाई डरधम्की देखाएर बाटोमै बलात्कार गरेका थिए । 

पीडित पक्षले जेठ ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि श्रीषलाई पक्राउ गरेको हो ।

आरोपितलाई पक्राउ गरी आवश्यक अनुसधान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ