अमेरिकी दूतावासले भन्यो - नेपाल र अमेरिकाबीच सैन्य सम्झौता भएको छैन
हाम्रा कुरा
प्रकाशित २०७९ असार १ बुधबार
951
Shares
काठमाडौं । नेपाल स्थित अमेरिकी दूतावासले नेपाल र अमेरिकाबीच सैन्य सम्झौता नभएको बताएको छ । दूतावास मङ्गलवार ट्विट मार्फत नेपाल र अमेरिकाबीच सैन्य सम्झौता असत्य भएको जनाएको हो।
अमेरिकाले कुनै पनि देशलाई स्टेट पार्टनरशिप प्रोग्राममा (एसपीपी) मा सामेल भन्ने तर कुनै देशबाट त्यसका लागि माग आएको खण्डमा भने त्यस्तो मागको सम्बोधन गर्ने गरेको दूतावासले खुलाएको छ ।
'नेपाल र अमेरिकाबीच सैन्य सम्झौता भएको दाबी गर्ने केही अनलाइन सञ्चारमाध्यममा प्रकाशित दस्ताबेज असत्य हो। नीतिअनुसार अमेरिकाले कुनै पनि देशलाई स्टेट पार्टनरशिप प्रोग्राममा सामेल हुन भन्दैन तर कुनै देशबाट त्यसका लागि माग आएको खण्डमा भने त्यस्तो मागको सम्बोधन गर्दछ।'
एसपीपी अमेरिकी राज्यको नेशनल गार्ड तथा साझेदार विदेशी मुलुकबीचको एक आदानप्रदान कार्यक्रम रहेको दूतावासले बताएको छ । अमेरिकी नेशनल गार्डले स्वदेशमा भूकम्प, बाढी र वन डढेलो जस्ता प्राकृतिक विपद्विरुद्ध जुध्नका लागि अमेरिकाका प्रथम उद्धारकर्ताहरूलाई सहयोग गर्ने गरेको ट्विटमा लेखिएको छ ।
दूतावासले,' २५ वर्षभन्दा लामो समयदेखि कायम रहँदै आएको एसपीपीमा ९० भन्दा बढी देशसँग ८० भन्दा बढी साझेदारीहरू समावेश छन्। तीमध्ये अधिकांश देशहरू यस क्षेत्रमा छैनन्।' लेखेको छ ।