arrow

निधि नेपाल फर्किए, सम्बन्ध सुधारका लागि भ्रमण उपलब्धिमूलक भएकाे प्रतिक्रिया

भारत नयाँ सरकार देखि खुसी छ

logo
प्रकाशित २०७३ भदौ ७ मंगलबार
bimalendra-nidhi.png
काठमाडौं । सरकारको विशेष दूतका रुपमा भारत भ्रमणमा गएका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि स्वदेश फर्किएका छन् । दिउँसो नेपाल एयरलाइन्सको विमानमा निधि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिए । 
 
विमानस्थलमा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै निधिले नेपाल भारत सम्बन्ध सुधारका लागि आफ्नो भ्रमण उपलब्धिमूलक भएको बताए । निधिले भारत नेपालको समग्र विकासमा सघाउन तयार रहेको बताए । 
 
निधिले आफुले नेपालको संविधान कार्यान्वयन र आगामी २०७४ माघ ७ भित्र गरिसक्नु पर्ने तीन तहको निर्वाचनबारे भारतीय पक्षलाई ब्रिफ गरेको सुनाए ।
 
उनले भने, ‘दुई देशका राष्ट्र प्रमुख र सरकार प्रमुखको भ्रमणबारे कुरा भयो । भारत नयाँ सरकार देखि खुसी छ ।’ नेपालको शान्ति, स्थिरता र विकासमा भारतले सहयोग गर्ने भनेको छ । 
 
दुई देशीय अन्तर सम्बन्ध र राष्ट्रिय गौरबका आयोजना तथा सहयोगका विषयमा समेत कुरा भएको निधिले पत्रकारहरुलाई सुनाए ।  यस्तै, निधिले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण निश्चित भएको बताए ।
 
निधि गएको विहिबार भारतको औपचारिक भ्रमणमा गएका थिए । भारतमा रहँदा निधिले राष्ट्रपति, प्रधामन्त्री, मन्त्री र विभिन्न दलका नेतहरुसंग भेट गरेका थिए । भेटमा भारतीय पक्षले नेपालको संविधान कार्यान्वयन र राजनीतिक स्थिरताबारे चासो राखेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ