arrow

खाद्यको टोलीद्वारा सिलबन्दी सहित ५ उद्योगमा कारबाही

logo
प्रकाशित २०७३ भदौ ७ मंगलबार
khadya.gif.gif
काठमाडौं । पछिल्लो समय बजार अनुगमनमा सक्रिय रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले सोमबार राजधानीका पानी, मिठाई र डेरी गरी ५ उद्योगमा अनुगमन गरेको छ । जसबाट काठमाडौंको जीतपुर फेदीमा रहेको ग्ल्यासियर मिनेरल वाटर प्रा.लि.मा विभागको टोलीले सिलबन्दी गरेको छ । 
 
उक्त उद्योगमा जारको लेवलमा ग्ल्यासियर मिनेरल वाटर प्रा.लि.लेखिएको र सिंक र्‌‍यापमा एम.डि.नेचुरल फूड एण्ड बेभरेज पा.लि. तार्केश्वर न.पा., काठमाण्डौ लेखिएको पाइएको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले जानकारी दिए । 
 
त्यस्तै अन्य विभिन्न मिठाई तथा डेरी उद्योगमा पनि केही बाहेकका उद्योगबाट सामान जफत गर्नै र सुधारको लागि आवश्यक निर्देशन दिईएको विभागले जनाएको छ । विभागको सोमबारको अनुगमनको विवरण तल प्रस्तुत छ ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ