arrow

विपक्षी दलले गरे बैठक, संविधान कार्यान्वयन नहुने चिन्ता

logo
प्रकाशित २०७३ भदौ ७ मंगलबार
uml-party-office-in-dhumbar.jpg.jpeg
काठमाडौँ  । प्रमुख प्रतिपक्षी एमाले सहित विपक्षी दलको संयुक्त बैठकले संविधानको कार्यान्वयनका लागि अघिल्लो सरकारले ल्याएको कार्ययोजना लागू हुनुपर्नेमा जोड दिएको छ । 
 
सिंहदरबारमा मंगलबार भएको ती दलहरुको बैठकले राष्ट्र तथा राष्ट्रियतामा अनुकूल हुने कुनै काम नयाँ सरकारबाट हुन नहुने निष्कर्ष निकालेको छ । पछिल्लो समसामयिक राजनीतिक विषयमा कसरी विपक्षी गठबन्धन प्रभावकारी हुन सकिन्छ भन्नेबारे बैठकमा छलफल भएको एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए । 
 
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियतामा आँच आउन सक्ने वा संविधान कार्यान्वयन हुन नदिने काम नयाँ सरकारबाट हुन सक्ने जनाउँदै त्यसमा एकताबद्ध र चनाखो हुन आग्रह गरे ।  
 
यस्तै, ओली नेतृत्वको सरकारमा अन्तिम समयसम्म साथ दिने र प्रधानमन्त्रीको निर्वाचनमा विपक्षमा मतदान गर्ने राप्रपा नेपाल, नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेमकिपा, राष्ट्रिय जनमुक्ति पार्टीलगायत नेता सहभागि थिए ।
 
यसैबीच एक  सातादेखि जारी एमाले स्थायी कमिटीको बैठक आज पनि बसेको छ । बैठकले प्रदेश संयोजक इन्चार्ज तोक्ने र केन्द्रीय सल्लाहकार परिषद्मा केही सदस्य थप गरेर विस्तार गर्दै छ । यस्तै, बैठकले स्थानीय तहको संख्या सीमाङ्कन आयोगले दिएको पेरिफेरीमै हुनु पर्ने र संख्या नतोक्ने गरी धारणा बन्दै छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ