arrow

लागुऔषधसहित दुई युवती पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १ बुधबार
pakrau9.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय तनहुँले मंगलबार लागुऔषधसहित दुई युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका वडा नं. ४ शाखरटोल डेरा गरी बस्ने पोखरा घर भएकी वर्षीया २२ की सुजा गुरुङ र नवलपरासीकी वर्ष २१ की रिस्पा तामाङ रहेका छन् । 

लागुऔषधको कारोबार गरिरहेका सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता युवराज खड्काले जानकारी दिए । 

डिएसपी खड्काका अनुसार उनीहरुको डेरा खानतलासी गर्दा डाईजेपामको एम्पुल ७०, फेनेरागनको एम्पुल ७१ र नुफिनको एम्पुल ७० एम्पुल गरी जम्मा २११ एम्पुल लागुऔषध बरामद भएको छ ।

उनीहरुलाई बुधबार तनहुँ जिल्ला अदालतबाट १० दिनको म्याद लिई आवश्यक अनुसन्धान कार्य भइरहेको डिएसपी खड्काले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ