arrow

निर्मला प्रकरणमा १०७ जनाको डीएनए परीक्षण, तर पत्ता लागेन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २ बिहिबार
nirmala-case-pending.jpg

काठमाडौं ।  गृहमन्त्री बालकृष्ण खाँणले निर्मला पन्तको हत्या प्रकरणमा १०७ जनाको डिएनए परीक्षण गरिएको बताएका छन् । सदनमा सांसदहरूको प्रश्नको जबाफ दिँदै गृहमन्त्री खाँणले निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धान जारी रहेको र धेरै मानिस अनुसन्धानको दायरामा रहेको जानकारी दिए ।

प्रतिनिधि सभामा सांसदहरू खगराज अधिकारी, डा सूर्यप्रसाद पाठक, योगेशकुमार भट्टराई, गिरिराजमणि पोखरेल, प्रेम सुवाल, लक्ष्मी परियार, गोकुलप्रसाद बाँस्कोटा, डिला सङ्ग्रौला पन्त, यशोदा गुरुङ सुवेदी, राजेन्द्रकुमार राई, पूर्णकुमारी सुवेदी, मीना सुब्बा, महेश बस्नेत र गजेन्द्रबहादुर महतले गृहमन्त्रीसमक्ष पूरक प्रश्न राखेका थिए । 

उनले उक्त घटनाका सम्बन्धमा ६३१ जनासँग सोधपुछ भइसेको र कूल १०७ जनाको डिएनए परीक्षण गरिसकिएको बताए । त्यति गर्दासमेत दोषी पहिचान नभएको गृहमन्त्री खाँणले बताए । 

यस्ता घटनामा डिएनए परीक्षण नै उपयुक्त हुने भए पनि १०७ जनाको परीक्षणमा समेत पत्ता नलागेको तर अनुसन्धान भने जारी रहेको उनले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ