arrow

निर्मला हत्याबारे भारतीयमाथि सोधपुछ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १९ सोमबार
Nirmala-Pant.jpg

कञ्चनपुर । निर्मला पन्त बलात्कारपछि हत्याको साढे तीन वर्षपछि एक भारतीयलाई पक्राउ गरी अनुसन्धान थालिएको छ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाको बलात्कार तथा हत्याबारे प्रहरीले एक जना भारतीयलाई पक्राउ गरी अनुसन्धान थालेको हो ।

घटनाका बेला तीन जना भारतीय नागरिक कञ्चनपुरको उल्टाखाम क्षेत्रमै बसोबास गरेको पाइएपछि प्रहरीले ती मध्येका एक जनालाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाएको हो । 

ती नागरिक बलात्कार तथा हत्या घटनामा संलग्न रहेको बारे भने पुष्टि भएको छैन । नियमित अनुसन्धानको प्रक्रिया अन्तर्गत उनी निगरानीमा रहेको प्रहरी स्रोतले जनाएको छ । 

निर्मला २०७५ साउन १० गते बेपत्ता भएकी थिइन् । उनी अर्को दिन उखुबारीमा नग्न अवस्थामा मृत भेटिएकी थिइन् । उनको बलात्कारपछि हत्या भएको सन्दर्भमा थुप्रै छानबिन समिति बने पिन अहिलेसम्म पत्तो भने लाग्न सकेको छैन । 

यो घटना अन्तर्राष्ट्रियकरण नै भए पनि निकास निस्केको छैन । उनको परिवारलाई न्याय दिन माग गर्दै एक वर्षभन्दा बढी समय सडकदेखि सदनसम्म मागसमेत भएको थियो । 



लोकप्रिय समाचार
नयाँ