arrow

निर्मला पन्त हत्याकाण्ड: सात वर्षपछि पनि न्यायको प्रतीक्षा

प्रहरी अनुसन्धान जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ११ आइतबार
Nirmala-Pant.jpg

काठमाडौँ । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ स्थित उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात वर्ष बितिसक्दा पनि प्रहरीले अपराधी पत्ता लगाउन सकेको छैन। यो घटना २०७५ साउनमा भएको थियो, जसले देशभर ठूलो आन्दोलन सिर्जना गरेको थियो।

विसं २०७५ साउन १० गते साथीको घरमा गृहकार्य गर्न गएकी बालिका पन्तको शव साउन ११ गते घरनजिकैको उखुबारीमा भेटिएको थियो। घटनापछि दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन मुलुकभर व्यापक विरोध प्रदर्शन भएका थिए। सरकारले घटनाको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो भने राष्ट्रिय मानवअधिकार आयोग र प्रहरीले पनि विभिन्न छुट्टाछुट्टै छानबिन समिति बनाएका थिए। प्रहरीको सबैभन्दा बढी स्रोतसाधन यसै प्रकरणमा खर्च भए पनि हालसम्म कुनै ठोस उपलब्धि हात पार्न सकेको छैन।

अनुसन्धानको अवस्था र चुनौती

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सागर बोहराले अहिले पनि प्रहरीले निर्मला पन्तको घटनालाई प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेको जानकारी दिए। "अनुसन्धानका क्रममा अहिलेसम्म १२४ जनाको डीएनए परीक्षण भएको छ भने ६५५ जनालाई कार्यालयमा बोलाएर सोधपुछ भइसकेको छ," उनले भने, "सिआईबीबाट १० टोलीले अनुसन्धान गरिसकेको छ, अहिले पनि सिआईबी र प्रहरीले अनुसन्धान जारी राखेको छ।"

घटना भएको एक महिनापछि २०७५ भदौ ४ गते जिल्ला प्रहरी कार्यालयले भीमदत्त नगरपालिका–१९ बागफाटाका दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो। तर, अभियुक्त भनिएका विष्ट मानसिक रोगी भएको र प्रहरीले फसाउन खोजेको भन्दै स्थानीय स्तरमा आन्दोलनले उग्र रूप लिएको थियो। पछि विष्ट सरकारी वकिलको कार्यालयबाट रिहा भएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ