काठमाडौं । एएफसी कप फुटबलको प्लेअफ छनौटको आफ्नो दोस्रो खेलमा नेपालको राष्ट्रिय लिग विजेता थ्री–स्टार क्लबले कम्बोडियाको नागावर्ल्ड क्लबसँग १–१ गोलको बराबरी खेलेको छ।
बराबरी खेलेपनि थ्री–स्टार कुल ४ अंकसहित आफ्नो समूहको पहिलो स्थानमा यथावत छ। शीर्ष स्थानमा रहेका कारण थ्री–स्टारको अर्को चरणमा जाने संम्भावना जिवित छ।
पहिलो खेलमा थ्री–स्टारले मंगोलियाको इर्चिम क्लबलाई पराजित गरेको थियो। तीन समूहमा विभाजन गरिएको प्लेअफ छनोट चरणमा नौ टोलीको सहभागिता रहेको छ । तीनै समूहबाट समूह विजेता अर्को चरणमा पुग्नेछ ।