arrow

विरामीले थला परेका कांग्रेस महामन्त्री शशांक सार्वजनिक समारोहमा सहभागि

logo
प्रकाशित २०७३ भदौ ७ मंगलबार
shashanka-koirala.jpg.jpeg
काठमाडौं । उपचारपश्चात् घरमा आराम गरिरहनुभएका नेपाली काँग्रेसका महामन्त्री सशाङ्क कोइराला पहिलोपटक सार्वजनिक कार्यक्रममा उपस्थित भएका छन् ।  
 
नेपाली काँग्रेस, जिल्ला पार्टी सभापतिको सम्मानमा राजधानमीमाआयोजित चियापान समारोहमा महामन्त्री कोइराला उपस्थित भएका हुन् ।  
 
यसअघि काँग्रेस केन्द्रीय कार्यसमितिले आयोजना गरेको दुई दिने जिल्ला पार्टी सभापतिको भेलामा उपस्थित हुन सकेनन् । काँग्रेसको जिल्ला पार्टी सभापतिको भेला आइतबार र सोमबार राजधानीमा सम्पन्न भएको थियो । 
 
काठमाडौँको टोखास्थित आफ्नो निवासमा आयोजित पार्टी जिल्ला सभापतिसँगको भेटघाट समारोहमा कोइरालाले नयाँ संविधान कार्यान्वयनको जटिल समयमा जिल्ला पार्टी सभापतिलाई एक्यबद्धता हुन आग्रह गरे । 
 
काँग्रेस सभापति शेरबहादुर देउवाको सभापतित्वमा आजित सो भेटघाट कार्यक्रममा महामन्त्री कोइरालाले जिल्ला पार्टी सभापतिलाई नेपाली काँग्रेसका संस्थापक नेता महामानव वीपी कोइरालाको आर्दश व्यक्तित्वलाई बुझ्न आग्रह गरे । 
 
महामन्त्री कोइरालाले जिल्ला पार्टी सभापतिका काँधमा देश, जनता, लोकतन्त्र र पार्टी सङ्गठनमा गहन दायित्व रहेको चर्चा गरे । 
 
कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, पार्टी कोषाध्यक्ष सीतादेवी यादव, नेपाली काँग्रेसका केन्द्रीय सदस्य, सांसद, तथा विभिन्न भ्रातृ सङ्गठन तथा शुभेच्छुक संस्थाका प्रतिनिधि तथा जिल्ला पार्टी सभापतिहरु उपस्थित थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ