arrow

एमालेको प्रदेश कमिटी संयोजकमा पदाधिकारीकै बर्चश्व, को–को परे ? (नामावलीसहित)

logo
प्रकाशित २०७३ भदौ ७ मंगलबार
uml-party-office-in-dhumbar.jpg.jpeg
काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले प्रदेश कमिटीको जिम्मेबारी बाँडफाँट गरेको छ । प्रदेश कमिटी यसअघि नै तयार भएपनि एमालेले संयोजक र सहसंयोजक तोक्न सकेको थिएन । 
 
पार्टीभित्र दुई खालको विचार आएपछि यो विषय टुंगिएको थिएन । पार्टीका शीर्ष तहका नेताले पदाधिकारीलाई नै संयोजक तोक्नु पर्ने प्रस्ताव गरेका थिए भने, अन्य सदस्यहरुले स्थायी समिति सदस्यहरुलाई स्थान दिनु पर्ने प्रस्ताव गरेका थिए । 
 
दुई थरी विचारकाबीच भएको साता लामो स्थायी समिति छलफल लम्बिएपछि अन्ततः मध्यमार्गी बाटोबाट पदाधिकारी र स्थायी समिति दुवै मिलाएर प्रदेश संयोजक टुंगो लगाइएको प्रदेश नम्बर २ का संयोजक एवं पूर्व मन्त्री सत्यनारायण मण्डलले जानकारी दिए । हाम्राकुरासंग मण्डलले भने, ‘पहिले दुई थरी विचार थियो । अन्तिममा सबैलाई मिलाएर लैजाने भन्दै दुवै प्रस्तावलाई मिलाउने काम गरियो ।’ पार्टीभित्र असन्तुष्टी चुलिने देखेपछि अध्यक्ष केपी ओलीले मध्यमार्गी बाटो अपनाएका हुन् ।  
 
मंगलबार केन्द्रीय सल्लाहकार परिषद् विस्तार र जेष्ठ कम्युनिष्ठ मञ्चको विषय समेत टुंगो लगाउने तयारी गरिएपनि ती दुई विषय टुंगो लाग्न नसकेको मण्डलले जानकारी दिनु भयो । उनका अनुसार स्थायी समितिको अर्को बैठक भदौ २५ गते बस्ने बैठकले यी बाँकी विषय टुंगो लगाउने छ । 
यस्तै, आउँदो असोज ५ गते पार्टीको केन्द्रीय कमिटी बैठक बस्ने तयारी छ । 
 
प्रदेश इन्चार्जहरुको नामावली 
 
प्रदेश नं १
संयोजकः भीम आचार्य– सचिव
सहसंयोजकः शेरधन राई– वैकल्पिक पोलिट्व्यूरो सदस्य
 
प्रदेश नं २
संयोजकः सत्यनारायण मण्डल– स्थायी समिति सदस्य
सहसंयोजकः नागेन्द्र चौधरी– पोलिट्व्यूरो सदस्य
 
प्रदेश नं ३
संयोजकः अष्टलक्ष्मी शाक्य– महिला उपाध्यक्ष
सहसंयोजकः काशीनाथ अधिकारी– पोलिट्व्यूरो सदस्य
 
प्रदेश नं ४
संयोजकः किरण गुरुङ–स्थायी समिति सदस्य
सहसंयोजकः गणेश तिमिल्सिना– पोलिट्व्यूरो सदस्य 
 
प्रदेश नं ५
संयोजकः विष्णु पौडेल– उपमहासचिव
सहसंयोजकः दलबहादुर राना– केन्द्रीय सदस्य
 
प्रदेश नं ६
संयोजकः युवराज ज्ञवाली–उपाध्यक्ष
सहसंयोजकः यामलाल कँडेल– पोलिट्व्यूरो सदस्य
 
प्रदेश नं ७
संयोजकः भीम रावल–उपाध्यक्ष 
सहसंयोजकः कर्ण थापा– पोलिट्व्यूरो सदस्य



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ