arrow

तीन कक्षामा पढ्ने नाबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३ शुक्रबार
Arrest-Crime.jpg

गुल्मी । कक्षा ३ मा अध्ययन गर्ने छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । रुरुक्षेत्र गाउँपालिका–३ को प्रतिभा आधारभूत माध्यमिक विद्यालयमा अध्यापन गराउने शिक्षक रामहरी ज्ञवालीले अध्यनरत् नावालिकालाई यौन दुर्व्यवहार गरेको आरेपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

आरोपी शिक्षकले जेठ १७ गते दिउँसो स्कुल समयमा अस्वभाविक यौनजन्य कार्य गरेको भनी परिवारले दिएको उजुरीका आधारमा बिहीबार पक्राउ गरिएको हो । उनीमागि छानबिन जारी रहेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ