arrow

बँदेल धपाउन रातभर बारीमै जाग्राम

logo
प्रकाशित २०७३ भदौ ८ बुधबार
badel.jpeg
सल्यान । जिल्लाको उत्तरी क्षेत्रमा रहेका गाविसमा बँदेलले बालीनाली सखाप पार्न थालेपछि स्थानीयबासी बारीमै जाग्राम बस्न थालेका छन् । 
 
रातको समयमा बँदेलको समूह आएर मकै, कोदोलगायतको बाली नाली नष्ट गर्न थालेपछि स्थानीय बालीनाली जोगाउन रातभर बारीमै जाग्राम बस्न थालेका हुन् । 
 
मकै पाक्न लागेको समयमा नजिकैका जङ्गलबाट बँदेलको समूह आएर मूलखोला, देवस्थल र घाँजरी पिपल गाविसका स्थानीयले लगाएको बालीनाली सखाप पार्न थालेपछि उनीहरु चिन्तित हुन थालेका छन् । 
 
बँदेलको समूहले मकै, बदाम, अदुवा, बेसार, पिडालु, तरुललगायतका बाली नाली नष्ट पारेको मूलखोला–५ का महेन्द्र बूढाले जानकारी दिए । “बर्सेनी पाक्न लागेको बाली नष्ट गरेर बँदेलले दुःख दिन थाले, बालीनाली जोगाउन बारीमै रातभर जाग्राम बस्नुपर्ने भयो,” बूढाले भने । 
 
लगातार तीन वर्षदेखि बँदेलको समूहले मूलखोला वडा नं ४ र ५, देवस्थलको २, ४ र ५ वडामा करिब २०० रोपनीमा लगाएको बाली सखाप पारेको स्थानीयको भनाइ छ । 
 
बँदेलको समूहले सबैभन्दा बढी मकैबालीमा क्षति पु¥याएको स्थानीय दुर्गा विसीले जानकारी दिए ।
 
“स्थानीय रातको समयमा थाली, मादल, सिटी बजाउने तथा बारीमै आगो बालेर जाग्राम बसेर बाली जोगाउने गरेका छन्, यसको स्थायी समाधान नभएसम्म स्थानीयवासीलाई सास्ती नै छ ।” विष्टले भने । 
 
बँदेलको समूहले मानिसलाई समेत आक्रमण गरेर घाइते समेत बनाउने भएकाले स्थानीय त्रसित भएका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ