arrow

अन्तर्घात गरेका अर्घाखाँची कांग्रेस उपसभापति, पूर्व क्षेत्रीय सभापतिसहित १० जना निलम्बित 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ४ शनिबार
arghakhanchi-congress-antarghati-2079-lle.jpg

अर्घाखाँची । नेपाली कांग्रेस जिल्ला कार्यसमिति अर्घाखाँचीको बैठक सम्पन्न भएको छ । वीपी स्मृति भवन सन्धिखर्कमा बसेको बैठकले स्थानीय तहको निर्वाचनमा पार्टीलाई अन्तर्घात गरेका १० जनालाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको छ ।

कांग्रेसले स्थानीय तहकाे निर्वाचनमा अन्तर्घात गरेका पार्टी उपसभापति बाबुराम पौडेल, पूर्व क्षेत्रीय सभापति मणिराम पौडेललाई एक वर्षका लागि निलम्बन गरेको छ । पूर्व क्षेत्रीय उपसभापति मणिराम पौडेलले पाणिनी ६, धातिवाङ्गको वडा अध्यक्षमा कांग्रेसविरूद्व शुभबहादुर सारूलाई स्वतन्त्र उम्मेदवार बनाएका थिए । स्वतन्त्र उम्मेदवार भए पनि उक्त वडामा कांग्रेसको प्यानल नै विजयी बनेको हो ।

त्यस्तै पाणिनी ६,धातिवाङ्गका सभापति मोदनाथ पौडेलको वडामा मतदाता नामावली नभएको र स्थानीय चुनावमा पार्टीविरूद्व स्वतन्त्र उम्मेदवारको प्रचारमा लागेको भन्दै निलम्बन गरेको छ । 

पाणिनी ८ पालिका पूर्व सभापति यज्ञप्रसाद पौडेल, भूमिकास्थानका नगरपालिका सचिव तारा घिमिरे, ढिकुराका क्षेत्रीय प्रतिनिधि गोपाल घिमिरे, विष्णु मरासिनी र हरिप्रसाद मरासिनीलाई कारबाही गरेको कांंग्रेसले जनाएको छ ।

महाधिवेशन प्रतिनिधि सृजना विक, पाणिनी ८ का क्षेत्रिय प्रतिनिधि अच्युत पन्धीलाई ६ महिनाका लागि निलम्बन गरेको कांग्रेस अनुशासन समिति अर्घाखाँचीले जनाएको छ ।

स्थानीय निर्वाचनमा विभिन्न वडाबाट आएका सिफारिसको आधारमा ६ महिनादेखि १ वर्षसम्मका लागि निलम्बन गरेको छ । सन्धिखर्क १२ निवासी कांग्रेसका क्षेत्रीय प्रतिनिधि बाबुराम चुदाँलीको निधनप्रति कांग्रेस अर्घाखाँचीले शोक प्रस्ताव पारित गरेको छ । 

त्यस्तै बैठकले सन्धिखर्कको नरपानिमा सञ्चालनमा आएको चुनढुंगा उत्खनन् कार्य तत्काल बन्द गर्ने निर्णय गरेको काँग्रेस प्रचार विभाग प्रमुख सूर्यप्रसाद भुसालले जानकारी दिए ।

बैठक कांग्रेस अर्घाखाँचीका सभापति केशव श्रेष्ठको अध्यक्षता, जिल्ला सचिव कृष्णप्रसाद खनालको सञ्चालनमा सम्पन्न बैठकमा जिल्लाका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ