arrow

सरकारमा पठाउने सदस्य चुन्न काँग्रेस गम्भीर छलफलमा, बुढानीलकण्ठमा तछाडमछाड

logo
प्रकाशित २०७३ भदौ ८ बुधबार
deuba-poudel-sitoula-1.jpg.jpeg
काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसले सरकारमा सहभागी हुन बाँकी मन्त्रीको नाम टुंगो लगाउँदै छ । सरकारमा जाने सदस्यहरुको नाम चयन गर्न सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरुको बैठक बसिरहेको छ । बुढानीलकण्ठमा काँग्रेस कार्यकर्ताहरुकोसमेत तछाडमछाड रहेको छ । 
 
कांग्रेसले यसअघि उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीमा रमेश लेखकलाई पठाइसकेको छ ।
 
कांग्रेस सभापति देउवा उपचारका लागि सिंगापुर जाँदै गर्दा त्यसअघि नै कांग्रेसबाट हुने सबै मन्त्रीलाई सपथ गराउने कार्यक्रम छ । मन्त्रीको टुंगो लगाएपछि पार्टीमा रिक्त पदाधिकारी र विभागलाई पूर्णता दिने तयारी देउवाको छ । कांग्रेसले मन्त्री हुनेहरुको नाम टुंगो लगाए प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबारै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । 
 
यसअघि नेविसंघको महाधिवेशन र उपप्रधानमन्त्री विमलेन्द्र निधिको भारत भ्रमणको बहाना बनाएको काँग्रेस जतिसुकै आन्तरिक दलदलमा फसे पनि बुधबार जसरी पनि सरकारमा जाने सदस्यको नाम टुंगो लगाउने बताइन्छ । आकांक्षी धेरै भएसंगै देउवालाई मन्त्री बन्नेहरुको नाम छान्न सकस भएको छ । नयाँ र पुरानाका साथै एउटा मन्त्रालय बुढानीलकण्ठमै राख्न पनि उनलाई दवाव उत्तिकै बढेको छ । काँग्रेसमा देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाका मान्छे भागबण्डा लगाउन खोज्दा मन्त्री चुन्न सकस भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ