arrow

बेपत्ता भएका गाविस सचिव मस्ती गरेको अवस्थामा घरमै

logo
प्रकाशित २०७३ भदौ ८ बुधबार
Cartoon-Masti-and-fun.jpeg
पाँचथर । जिल्लाको दक्षिणी गाविस हाङ्गुमका सचिव केशव निरौला बेपत्ता भएको भनेर सबै खोजीमा जुटिरहेका बेला उनी आफ्नै घरमा फेला परेका छन् । 
 
३२ दिनदेखि सम्पर्कविहीन बनेका निरौलाको खोजी गर्दैजाँदा घरमा मस्ती गरेर बसेको अवस्थामा फेला परेका हुन् । गाविस कार्यालयमा बिदा समेत नलेखेर एकाएक हराएका निरौलाका कारण स्थानीयले एक महिनादेखि सास्ती बेहोर्नु परेको थियो । 
 
खोज्दैजाँदा प्रहरीले गाविस सचिव निरौलालाई झापा जिल्लाको दुहागडी–१ स्थित घरमा फेला पारेको जनाएको छ ।
 
 स्थानीय विकास अधिकारी कोमलप्रसाद धमलाले जिल्ला प्रहरी कार्यालय पाँचथरलाई सचिव निरौलाको खोजी गरिदिन आग्रह गरेका थिए ।  
 
आइतबार प्रहरीले घरमै रहेको जानकारी स्थानीय विकास अधिकारी धमलालाई दिएको छ । 
 
सचिव निरौला घरमा रहेको थाहा पाएपछि स्थानीय विकास अधिकारी धमलाले सम्पर्कविहीन भएर किन घरमा बसेको भनेर स्पष्टिकरणसहितको पत्र पठाएको प्रशासन फाँटका प्रमुख दुर्गाप्रसाद तिम्सिनाले बताए । 
 
सचिव निरौला साउन ६ गतेदेखि सम्पर्कविहीन भएका थिए । साउन १९ गतेदेखि निरौलाको जिम्मेवारी आरुबोटेका सचिव सञ्जय राईलाई दिइएको थियो । 
 
निरौला आफ्नो कार्यालयलाई जानकारी नै नदिई बेपत्ता भएको यो दोस्रो पटक हो । 
 
यसअघि निरौला सिदिनको गाविसको सचिव हुँदा करिब रु तीन लाख अनियमितता गरेर झन्डै तीन महिना सम्पर्कविहीन भएका थिए । 
 
निरौलाका विषयमा जिविस पाँचथरमा राम्रो रेकर्ड रहेको छैन । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ