arrow

चौथो पटक सर्वोत्कृष्ट करदाता बन्दै एनसेल

logo
प्रकाशित २०७३ भदौ ८ बुधबार
Ncell_Main-Logo.jpg.jpeg
काठमाडौ। निजी क्षेत्रको मोबाईल सेवा प्रदायक कम्पनी एनसेल चौथो पटक देशको सबै भन्दा ठूलो करदाता बन्ने निश्चित प्राय भएको छ। सरकारी स्रोतका अनुसार एनसेलले गत आर्थिक वर्ष २०७२-७३ मा रु २८ अर्व भन्दा बढि राजश्व सरकारलाई बुझाएको छ।  यस अघि आर्थिक वर्ष २०६९-२०७०, २०७०-२०७१ र २०७१-२०७२ मा सबै भन्दा बढि कर तिर्दै एनसेलले लगातार तीन पटक सर्वश्रेष्ठ करदाता बनिसकेको छ। यद्यपी सम्बन्धित कर कार्यलयबाट भने कुन कुन कम्पनी अथवा करदाता आव. २०७२-७३ को उत्कृष्ट करदाताहरुको आधिकारीक सूची भने सार्वजनिक हुन बाँकी छ। 
 
आर्थिक वर्ष २०७१÷७२ मा पनि एनसेलले सरकारलाई २८ अर्ब ६० करोड भन्दा बढी राजश्व तथा शुल्क बुझाएको थियो । गत आर्थिक वर्षमा एनसेलले रेनोल्ड्सको शेयर कारोबार बापत टेलियाको तर्फबाट झण्डै रू. १० अर्ब लाभकर पनि दाखिला गरेको छ। यसले गर्दापनि कम्पनीले तिरेको करको रकम एकदमै बढेको कर अधिकारीहरुले बताएका छन्। 
 
‘गत आर्थिक वर्षमा तिरेको करको हाल सम्मको हिसाब किताब हेर्दा एनसेल एक नम्बर करदाता हुने पक्का देखिएको छ । यसैगरी दोस्रो स्थानमा नेपाल टेलिकम र तेस्रोमा सुर्य नेपाल रहेका छन्,’ आन्तरिक राजश्व विभागका एक अधिकारीले बताए । उनका अनुसार करदाताहरुले लेखा परिक्षण प्रतिवेदन बुझाउने समयावधि अझै बाँकी रहेकाले कुन करदाताले कति कर तिर्यो भन्ने औपचारिक जानकारी त्यसपछि मात्र प्राप्त हुनेछ। 
 
कर दाखिलाको हिसाब हेर्दा नेपाल टेलिकम भन्दा एनसेल झण्डै रु १५ अर्व बढि राजश्व तिरेर अग्रणी स्थानमा रहने देखिएको जानकारी दिइएको छ। आन्तरिक राजश्व विभागले राख्ने करको हिसाबमा टेलिकम कम्पनीहरुले तिर्ने लाईसन्स नविकरण शुल्क र ग्रामिण दूरसञ्चार कोषमा गरिएको योगदान लगायत भने समाबेश गरिएको हुदैन। 
 
एनसेलले सरकारलाई आफ्नो अनुमति पत्र नविकरण दस्तुरको किस्ता रू. २.५ अर्ब प्रत्येक आर्थिक वर्ष सकिनु अगावै तिर्दै आएको छ । त्यसै गरी दुरसञ्चार कम्पनीहरुले आफ्नो वार्षिक कुल आम्दानीको २ प्रतिशत रकम ग्रामिण दूरसंचार कोषमा बुझाउदै आएका छन्।  गत वैशाखमा एनसेलले आफुले सरकारी ढुकुटीमा विविध शुल्क, रोयल्टि र कर अन्र्तगत हालसम्म झण्डै रु १२९ अर्ब योगदान गरेको जनाए थियो। साथै, दीर्घकालिन तथा प्रतिबद्ध लगानीकर्ताका रुपमो आउँदा वर्षहरुमा पनि देशको सबैभन्दा ठूलो करदाताको रुपमा आफ्नो अग्रणी स्थान कायम राख्ने लक्ष्य कम्पनीको रहेको बताएको थियो। लगानी तथा विस्तारसँगै एनसेलले राज्य कोषमा गर्ने योगदान प्रत्येक वर्ष बढिरहेको छ।
 
सरकारलाई आर्थिक वर्ष २०७०-७१ र २०७१-७२ मा सबै भन्दा बढि आयकर दाखिला गर्ने कम्पनीका रुपमा  व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले एनसेललाई प्रतिष्ठित सम्मान ‘व्यावसायिक महत्वपूर्ण व्यक्ति’ अर्थात कमर्शीयल्ली ईम्पोर्टेन्ट पर्सन (सीआईपी) प्रदान गर्ने प्रस्ताव समेत पेश गरिसकेको छ। यो सम्मान राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउने विभिन्न आर्थिक क्षेत्रमा संलग्न व्यवसाय तथा व्यवसायीहरुलाई प्रदान गरिंदै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ