arrow

बालिका अपहरण गरेको आरोपमा बस्नेत पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ५ आइतबार

पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले पाँच वर्षकी बालिका अपहरण गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोदी गाउँपालिका वडा नं. ६ थामार्जुङका होमबहादुर बस्नेत रहेका छन् ।

प्रहरीका अनुसार अभियुक्त बस्नेतले गत जेठ ३० गते मोदी गाउँपालिका वडा नं. ६ तिलाहारकी पाँच वर्षीया बालिकाको अपहरण गरेका थिए ।

बालिकाकी आमाको उजुरीका आधारमा बस्नेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बस्नेतबिरुद्ध अपहरण वा शरीर बन्धक सम्बन्धी कसूर सम्बन्धी मुद्दा दर्ता गराई आवश्यक अनुसन्धानका लागि पर्वत जिल्ला अदालतबाट सात दिनको म्याद लिएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ