arrow

पोखरामा चोरी गरेको आरोपमा एक युवक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ५ आइतबार
ajit bk.jpg

पोखरा । पोखरा महानगरपालिका वडा नं. १४ विपिमार्गस्थित चुलो सेवा प्रालिमा चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका २१ निर्मलपोखरीका २१ वर्षीय अजित विक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार विकलाई वडा प्रहरी कार्यालय रामबजारबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले आज २ बजे पक्राउ गरेको हो ।

उनीमाथि सात लाख २५ हजार ३५० रुपैयाँ नगद र केही भारु चोरी गरेको आरोप छ । तर उनको साथबाट तीन लाख ६२ हजार ३८० रुपैयाँ र एक थान मोबाइल सेट बरामद भएको कास्की प्रहरीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए । 

उनले त्यो रकम चुलो सेवा प्रालिबाट चोरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । विकमाथि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको खड्काले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ