arrow

हातहतियार र लेनदेन मुद्दाका दुई जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ६ सोमबार
pakrau9.jpg

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले छुट्टाछुट्टै मुद्दाका दुई फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी बाँकेले हातहतियार तथा खरखजाना मुद्दा र लेनदेन मुद्दाका उनीहरुलाई पक्राउ गरेर आज सार्वजनिक गरेको छ ।

जिल्ला अदालत बाँकेले हातहतियार तथा खरखजाना मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद सजाय सुनाएका डुडुवा गाउँपालिका-६ का ४५ वर्षीय पहलमान पासीलाई जिल्ला प्रहरी बाँकेको टोलीले पक्राउ गरेको हो ।

जिल्ला अदालत बाँकेबाट विसं २०७२ कात्तिक १ गतेको फैसलाबाट दोषी ठहर भएर जेल सजाय सुनाइएका लामो समयदेखि फरार रहँदै आएका पासीलाई नेपाल भारत सीमा नाकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । 

त्यस्तै, बाँके प्रहरीले लेनदेन मुद्दाका अर्का एक फरार प्रतिवादीलाई पनि पक्राउ गरेको छ । जिल्ला अदालत बाँकेबाट विसं २०७९ जेठ ५ गते राप्तीसोनारी गाउँपालिका-४ का ४८ वर्षीय लुराम थारूलाई लेनदेन मुद्दामा दोषी ठहर गर्दै एक वर्ष जेल सजायको फैसला सुनाएको थियो । 

जेल सजायको फैसला आएयता फरार रहँदै आएका थारूलाई आज बाँकेबाट प्रहरीले पक्राउ गरेको हो । हातहतियार तथा खरखजाना र लेनदेन मुद्दाका फरार प्रतिवादी पासी र थारूलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत बाँकेमा बुझाइएको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ