arrow

फोजी सेवा सञ्चालनमा ल्याउदै एनसेल

logo
प्रकाशित २०७३ भदौ ८ बुधबार
Ncell-4g.jpeg
काठमाडौं। ईन्टरनेट सेवाको माग र ग्राहक संख्या बढिरेको अहिलेको अवस्थामा एनसेलले यो वर्ष आफुले डाटा सेवामा विषेश ध्यान दिने जनाएको छ। एनसेलद्वारा आयोजित एक सार्वजनिक कार्यक्रममा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक साईमन पर्किन्सले उक्त कुरा बताएका हुन्। पर्किन्सले भने, ‘यो वर्ष डाटा सेवामा थप सुधार गर्नु कम्पनीको पहिलो प्राथमिकता हो।’
 
अहिले फोरजी व्यापक चर्चाको विषय बनेको छ। यही विषयमा बोल्दै पार्किन्सले नियमक निकायको अनुमति पश्चात कम्पनीले फोरजी सेवा शुरु गर्ने तयारीमा रहेको बताए। सरकारले गरेको फ्रिक्वेन्सी नीतिको परिमार्जन अनुरुप फोरजी सेवा सञ्चालनका लागि कम्पनीले १ हजार ८ सय मेगाहर्ज ब्याण्डमा थप फ्रिक्वेन्सी र आवश्यक अनुमतिका लागि नेपाल दूरसञ्चार प्राधिकरण समक्ष निवेदन दिई सकेको छ। सरकारले अनुमति दिएमा २ महिना भित्रै सेवा सञ्चालनमा ल्याउन सकिने एनसेलले बताउँदै आएको छ।
 
केही महिना अघि एनसेलले आफ्नो सेवा ग्रामिण तथा दुर्गम स्थानमा विस्तार गर्न पुर्वाधारमा सन् २०१६ भित्र  १२ अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको थियो। शहरी क्षेत्रमा नेटवर्कको क्षमता अभिवृद्घि गर्दै उच्च गतिका डाटा सेवा प्रदान गर्ने कार्यमा समेत यो लगानीको उपयोग गरिने कम्पनीले जनाएको थियो। अहिले एनसेलको मोबाईल डाटा सेवा देशका ७५ जिल्लामा र थ्रीजी प्रविधीमा आधारित उच्च गतिको डाटा सेवा ६३ जिल्लामा पुगि सकेको छ।
 
एनसेलले काठमाडौं उपत्यका र सगरमाथा क्षेत्रका आफ्ना उपभोक्तालाई थ्रीजी प्रविधिमा आधारित २१ एमबी प्रति सेकेन्ड सम्मको डाटा सेवा प्रदान गर्दै आएको छ। कम्पनीले काठमाडौं उपत्यका बाहिरका शहरहरुमा पनि क्रमशः नेटवर्क आधुनिकिकरण गर्दै लैजाने बताएको छ।
 
अहिले ५६ लाख ३८ हजार ग्राहकले एनसेलको ईन्टरनेट सेवा प्रयोग गरिरहेका छन्। थ्रीजी प्रविधि अन्तर्गत नेटवर्कमा आधुनिकिकरण र फोरजीको शुरुवात पछि डाटा सेवाको माग र ग्राहक संख्यामा थप वृद्घि हुने कम्पनीको अपेक्षा छ।
 
“फोरजीमा मोबाईल ईन्टरनेटको गति सुधार हुन्छ यसले गर्दा उपभोक्ताले सजिलैसँग अनलाईन भिडियो हेर्न तथा गेमहरु खेल्न सक्छन्,” पर्किन्सले आजीयाटा ग्रुप अन्तर्गत फोरजी सेवा सञ्चालन गरिसकेका देशहरुको अनुभव सुनाउदै भने। नयाँ ब्राण्ड लोगोको औपचारिक रुपमा अनावरण पश्चात एनसेलले आफ्ना ग्राहकलाई उच्च गुणस्तरीय सेवा सुनिश्चित गर्न आगामी २ वर्ष भित्रै थप ७० अर्ब रुपैयाँको पुँजीगत तथा सञ्चालन लगानी गर्ने उद्घोष पनि गरेका छ।
 
यस अन्तर्गत कम्पनीले सन् २०१७ र २०१८ मा औसतमा प्रत्येक वर्ष ३५ अर्ब लगानी गर्नेछ। हाल सम्म एनसेलले नेपालमा ७४ अर्ब लगानी गरिसकेको जानकारी दिएको छ। एनसेलमा ८० प्रतिशत शेयर लगानी रेनोल्डस् होल्डिङ्गको र २० प्रतिशत नेपालीको शेयर रहेको छ। गत चैत्रमा मलेशियन कम्पनी आजीयाटाले रेनोल्डस् होल्डिङ्को शतप्रतिशत स्वामित्व किने पछि गत साउन ३२ गते एनसेलको नयाँ ब्राण्ड लोगो अनावरण गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ