arrow

रामचन्द्रको मन्त्री सूची नआएपछि देउवा तनावमा, तीन मन्त्रीको मन्त्रालय पक्का

logo
प्रकाशित २०७३ भदौ ८ बुधबार
deuba-poudel-sitoula-1.jpg.jpeg
काठमाडौं । रामचन्द्र पौडेल पक्षबाट सरकारमा सहभागि हुनेको  नामावली नआएपछि पार्टी सभापति शेरबहादुर देउवा तनावमा परेका छन् । पौडेलले संख्या र मन्त्रालय टुंगो नलागे सम्म नामावली नदिने बताएपछि देउवा तनावमा परेका हुन् । देउवा तत्काल मन्त्री छिनोफानो गरेर उपचारका लागि सिंगापुर जाने तयारीमा छन् ।  
 
सभापति ज्यूसंग कुराकानीभयो, मन्त्री बन्ने लाइनमा रहेका मीनबहादुर विश्वकर्माले भने, ‘रामचन्द्र जी ले नामावली पठाउनु भएन । वुधबार (आजै) सपथ खुवाउने भनेको होला जस्तो छैन–भन्दै दिग्क मानिरहनु भएको थियो ।’ अर्कोतिर रामचन्द्र पौडेलले संख्या र मन्त्रालयमा अडान लिएको उनले बताए ।
 
उनका अनुसार रामचन्द्र पौडेलले शेखर कोइरालालाई आफ्नो लिस्टमा नराखेर पाँच जना मागिरहेका छन् । उनले थपे, ‘शेखर दाईलाई पनि दिनै पर्ने दबाबमा सभापति हुनुहुन्छ ।’ अनि परराष्ट्र प्रकाशशरणलाई दिने भन्ने तयारी गरेर, शेखरले कसरी पाउँछन् परराष्ट्र ? जवाफमा उनले भने, ‘होइन शेरखर दाईलाई परराष्ट्र दिनेमा सभापति सकारात्मक हुनुहुन्छ ।
 
प्रकाशशरणलाई अन्तै मिलाउने कुरो भइसकेको छ ।’ रामचन्द्र दाईले साँझ नामावली दिएपनि आजै सपथ हुने सम्भावना भने कम छ–उनले भनेका छन् । अहिले सम्म देउवा पक्षले पठाउने ६ मन्त्रीको टुंगो लागेको तर तीन जना बाहेक अन्यको मन्त्रालय यकिन नभएको उनले बताए । बालकृष्ण खाँण रक्षा, अर्जुननरसिंह केसी शिक्षा र जीवनबहादुर शाही पर्यटन पक्का भएको छ । 
 
उनले आफुलाई तीन मन्त्रालय मध्ये कुनै एक छान्न भनेको सुनाए । देउवाले विश्वकर्मालाई सामान्य, खानेपानी र श्रम मध्ये एक रोज्न भनेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ