arrow

उपत्यकामा नयाँ पर्यटकीय गन्तव्य : केवलकारमा चन्द्रागिरि

logo
गोविन्द अधिकारी,
प्रकाशित २०७३ भदौ ८ बुधबार
front.jpeg
काठमाडौं। राजधानीको धुवाँ धुलो र व्यस्तताबाट केहि फरकपन र फ्रेस अनुभुतिका लागि एउटा नयाँ गन्तव्य बनेको छ चन्द्रागिरि । थानकोटको गोदामबाट करिब ३ घण्टाको उकालो हिडे पछि पुगिने चन्द्रागिरि अब ८ मिनेटमा पुगिने छ। 
 
काठमाडौं उपत्यकामा घुम्ने स्थानको अभाव भएको केही समयदेखि यहाँका बासिन्दाले महशुस गर्न थालेका थिए। उक्त अभावलाई परिपुर्तीगर्नकालागि चन्द्रागिरि एक उचित गन्तव्य बन्ने भएको छ।  
 
चन्द्रागिरी हिल्स प्रालिले थानकोटदेखि चन्द्रागिरी डाँडासम्म केबुलकार सञ्चालन गरेपछि यो सम्भव भएको हो । अष्ट्रियन प्रविधिबाट सञ्चलित केवुलकारमा ३८ वटा क्याबिन र सामान बोक्ने ३ डब्बा सहित ४१ बटा रहेका छन् ।
 
केबलकार विहान ९ बजे देखि अपराह्न ५ बजेसम्म संचालनमा रहने छ । कम्पनिले प्रतिदिन १० हजारभन्दा बढी व्यक्तिहरुलाई चन्द्रागिरि चुचुरोमा पुर्‍याउने लक्ष्य लिएको छ । 
 
राजधानीबाट केही टाढामात्र रहेको चन्द्रागिरि आन्तरिक र बाह्य पर्यटककालागि नयाँ गन्त्ब्यका रुपमा स्थापित हुने पक्का छ। पार्क, होटल, पिकनिक स्पट साथै मन्दिर पनि रहेको उक्त डाँडामा बिभिन्न उद्देश्य लिएर पर्यटक पुग्न सक्ने छन्। 
 
थानकोट, चित्लाङ, फाखेललगायत क्षेत्रका स्थानीयवासी, अपांग र वृद्धवृद्धालाई २५ देखि ६० प्रतिशतसम्म छुट दिइएको चन्द्रागिरी हिल्स प्रालिकी सेल्स तथा मारकेटिङ्ग एक्जुकेटिभ इन्दिरा पौडेलले बताइन् ।
 
टाढा घुम्न जान नसक्नेकालागि पनि चन्द्रागिरि एक उचित गन्तव्य रहेको छ। त्यहाँबाट प्राकृतिक सुन्दरताको मजा लिनुका साथै उपत्यकाको प्रदुषणबाट  मुक्तिकालागि पनि चन्द्रागिरि राम्रो गन्तव्य हुने छ। 
 
केबलकार  अस्ट्रियाको आधुनिक ‘डोपलमेयर’ कम्पनीबाट आयात गरिएको हो । अहिले सम्म  ३ अर्ब २५ करोडको लगानि भएको छ । यसको लागत अझै बढ्ने कम्पनीले जनाएको छ ।
 
चन्द्रागिरिका मुख्य आकर्षणमा भालेश्वर मन्दिर, थ्रि डि हल, बालउद्यान, पार्क, पिकनिक स्पट, भ्यूटावर, अडिटोरियम हलसँगै होटल रहेका छन्।केबुलकारको तल्लो स्टेसन ६ हेक्टर जमिनमा फैलिएको छ भने माथिल्लो स्टेसनका लागि सरकारसँग ३६ हेक्टर जमिन लिजमा लिएको छ। केवुलकार चढ्न दुईतर्फी ७ सय रूपैयाँ लाग्नेछ। 
 
हाल केवलकारबाट करिब एकसय २० जना तथा रिसोर्टसहित गरी करिब ४०० जनाले प्रत्यक्ष र अप्रत्यक्षरुपमा रोजगारी पाउने कम्पनीको दाबी छ। 
 
चन्द्रगिरिको  उचाइ २५५१ मिटर रहेको छ। चन्द्रागिरि चुचुरोबाट सर्वोच्च शिखर सगरमाथाको अवलोकन गर्न सकिन्छ । सूर्योदय र सूर्यास्तको अवलोकन लागि चन्द्रागिरि पहाड एउटा उपयुक्त गन्तव्यस्थल हो। हिमालयबाट हुने सूर्योदय र पश्चिमपहाडबाट हुने सूर्यास्तको दृश्य सो स्थानबाट रोमाञ्चक देखिन्छ। 
 
हिमाल, हरियाली र राजधानी शहरको एकसाथ अवलोकन गर्न पाइने यो एउटा महत्वपूर्ण पर्यटकीय गन्तव्य हो। चन्द्रागिरिको मौसम क्षणक्षणमै बदलिने विविधता पुर्ण रहेको छ । यहाँको चिसो र शान्त वातावरणले जो कोहिलाई आनन्दित तुल्याउँछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ