arrow

१३ लाख जरिवाना ठहर भएका तामाङ पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ७ मंगलबार
nepal-police12.jpg

काठमाडौं । नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु १३ लाख जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उच्च अदालत पाटनको विसं २०७७ पुस ७ गतेको फैसलाअनुसार छ दिन कैद सजाय रु रु १३ लाख जरिवाना ठहर भएका चितवन खैरहनी नगरपालिका–४ का ३५ वर्षीय धनबहादुर तामाङलाई सोमबार पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले बैकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम उच्च अदालतले कैद र जरिवाना ठहर भएका तामाङलाई चितवनबाट पक्राउ गरिएको जानकारी दिए । 

पक्राउ तामाङले आफ्नो कुमारी बैंक लिमिटेड सौराहा शाखाको खातामा पर्याप्त मौज्दात रकम नहुँदा नहुँदै पीडितलाई चेक दिएर बैंकिङजन्य अपराध गरेको प्रहरीले जनाएको छ । 

तामाङलाई फैसला कार्यान्वयनका लागि सोमबार नै जिल्ला अदालत चितवन पेश गरिएको प्रवक्ता महतोले बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ