arrow

जगदम्बा स्टिल्सले नेपाली बजारमा ल्यायो राइनो ५००डी फलामे छड

logo
प्रकाशित २०७३ भदौ ८ बुधबार
Rhinosteel.jpeg
काठमाडौं । ७ सय मिलियन अमेरिकी डलर कारोबार रहेको शंकर ग्रुप अन्तर्गतको जगदम्बा स्टिल्स प्रालिले नेपाली बजारमा ‘ग्यारेण्टेड डक्टिलिटी’ सहितको राइनो ५००डी फलामे छड सार्वजनिक गरेको छ । राइनो ५००डी मजबुती तथा डक्टिलिटी सहितको नयाँ छड हो । उत्पादन प्रक्रिया, भौतिक तथा रसायनिक गुणको सम्मिश्रण लगायत कारणले यो छड बजारमा उपलब्ध अन्य उत्पादन भन्दा विशेष र पृथक रहेको कम्पनिले जनाएको छ ।
 
ग्रेड एफई ५०० डीमा कम्पनीले सल्फर र फोसफोरसको सम्मिश्रणको अधिकतमम ०.०७५ प्रतिशत मात्र प्रयोग गरेको छ । यसले गर्दा छड अत्यधिक मजबुत हुनुका साथै उच्च डक्टिलिटीको सुनिश्चितता गर्दछ । उत्पादनको खरिदमा कम्पनीले आफ्ना उपभोक्तालाई राइनो ५००डी ग्यारेण्टि कार्डपनि उपलब्ध गराउँछ । नेपाली बजारमै पहिलो पल्ट उपलब्ध गराउन लागिएको यो ग्यारेण्टि कार्ड मार्फत उपभोक्तालाई निर्माणमा गुणस्तर र सुरक्षाको प्रत्याभुती दिन चाहेको कम्पनीले बताइएको छ ।
नयाँ उत्पादन सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै शंकर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवालले अहिले अर्थ ब्यवस्थामा देखिएको उन्नतीका कारण हाउजिङ लगायत पुर्वाधार विकासको क्षेत्रमा ब्यापक अवसरको सिर्जना भएको बताए । भुकम्पिय क्षति न्यूनिकरणका लागि सुरक्षित तथा भुकम्प प्रतिरोधात्मक निर्माण भने ठूलो चुनौतीका रुपमा रहेको बताउँदै अग्रवालले यही चुनौतीको सामना गर्ने सोचका साथ एफई ५००डी गे्रडमा फलामे छड राइनो ५००डी सार्वजनिक गरिएको जानकारी दिए । ‘यो नेपालकै पहिलो र आफ्नो प्रकारको एक मात्र अत्यधिक शक्तिशाली र अधिकतम डक्टिलिटी सहितको फलामे छड हो’ उनले भने ।
 
जगदम्बा स्टिल्समा उत्पादनको उत्कृष्ट गुणस्तर तथा उत्पादनका लागि  अत्याधुनिक स्वचालित प्लान्टको ब्यवस्था रहेको छ । कम्पनीले आफ्ना उपभोक्तालाई विश्वस्तरिय उत्पादन तथा गुणस्तर उपलब्ध गराउन नियन्त्रित उत्पादन प्रणाली अन्तर्गत नियन्त्रित कच्चा पदार्थको प्रयोग, नियन्त्रित उत्पादन प्रक्रिया र नियन्त्रित परिमिति (पारामिटर्स) अपनाउने गरेको छ । यसरी तीन चरणको नियन्त्रित उत्पादन प्रक्रिया अपनाउने जगदम्बा नै नेपालको एक मात्र उद्योग हो । उत्कृष्ट गुणस्तरको फलामे छड उत्पादनका लागि कम्पनीले टाटा स्टिल, जिन्दाल स्टिल, आईआईएससीओ र एसएआईएल लगायत विश्व विख्यात स्टिल कम्पनीहरु मार्फत कच्चा पदार्थको आयात गर्ने गरेको छ ।
 
 तिनको उत्पादनसमेत कडा परिक्षण पश्चात मात्र फलामे छड उत्पादनका लागि प्रयोगमा ल्याउने गरिएको छ । यसले उत्पादनको गुणस्तरलाई एनएस र बीआईएस (आईएस) मापदण्ड पुर्‍याउन सघाएको जानकारी दिइयो । कम्पनीमा फलामे छडका लागि एनएस १९१ र ईण्डियन बीआईएस, आईएस : १७८६: २००८ सर्टिफिकेशन स्ट्याण्डर्ड्सद्वारा निर्धारित न्यूनतम र अधिकतम स्ट्याण्डर्ड पालनाका लागि छडको भौतिक तथा रसायनिक परिमितिलाई निकै कडाइका साथ नियन्त्रित गरिन्छ ।
राइनो ५००डी फलामे छड नेपाल जस्तो उच्च भुकम्पीय जोखिम सम्भावित क्षेत्रमा साना ब्यक्तिगत घरदेखि ठूल्ठूला पूर्वाधार लगायत परियोजना निर्माणका लागि विशेष उपयुक्त छ । यो बहु तले भवन, पूल, फ्लाइओभर्स तथा बाँध, विण्ड टर्बाइनको जग, औद्योगिक संरचनाहरु, कंक्रिट सडकहरु, टनेल्स, थर्मल तथा जलविद्युतिय पावर स्टेसन्स लगायतको निर्माणका लागि उपयुक्त हुने कम्पनिको दाबी छ ।
 
कम्पनीको नेपाल भर रहेका विशेष खुद्रा विक्रि केन्द्र मार्फत उपभोक्ताले ८ एमएम देखि ३२ एमएम सम्मको साइजमा सहजै राइनो ५००डी रेबार खरिद गर्न सक्छन् । साथै, उपभोक्ताको माग तथा परियोजनाको आवश्यकता अनुसार ३६ एमएम र ४० एमएम साइजमापनि कम्पनीले रेबार उपलब्ध गराउँछ । निर्माण प्रक्रियामा प्रयोगका क्रममा खेर जाने मात्रा न्यूनिकरण तथा कार्यगत सहजताका लागि सबै फलामे छड निर्धारित १२ मिटर लम्बाईका साथ उपलब्ध गराउने कम्पनिले विज्ञाप्तिमा जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ