arrow

महिलालाई जबरजस्ती करणीपछि लुटपाट गरी भाग्ने पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ७ मंगलबार
bhote-pakrau.jpg

काठमाडौं । नेपाल प्रहरीले २४ वर्षकी महिलालाई जबरजस्ती करणी पछि लुटपाट गरी भाग्ने भोटेलाई पक्राउ गरेको छ । 

भोटे भनिने विश्व तामाङले महिलालाई ललाई फकाई विवाह गर्छु भनी प्रलोभनमा पारी भोटेबहालमा रहेको एक गेष्ट हाउसमा पुर्‍याएका थिए । 

त्यहाँ उनले पेय पदार्थमा लठ्ठिने पदार्थ मिसाई खुवाएर जबरजस्ती करणीसमेत गरेका थिए । 

उनले महिलाको साथमा रहेको नगद रु एक लाख, दुई तोला सुन र एउटा मोबाइल समेत लुटी फरार भएका थिए । 

तामाङमाथि काठमाडौं  जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि प्रहरी वृत्त कालीमाटीले थप अनुसन्धान गरिरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ