arrow

पूर्वाभ्यास : सेती खोंचमा हामफालेका प्रेमजोडीको प्रहरीद्धारा सकुशल उद्धार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ७ मंगलबार
Police 2.jpg

पोखरा । पोखरा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले खोंच वा भीरमा फसेकालाई उद्दार गर्न सिमुलेशन अभ्यास गराएको छ । वर्षाको समयमा बढी पहिरोलगायत अन्य प्रकारका विपदमा त्यस्ता ठाउँमा जान अझ बढी  खतरा हुने, आम नगरिकहरूले विपदको समयमा के गर्ने, विपदको समयमा सम्बन्धित निकाय बीच कसरी समन्वय गर्ने र विपद्लाई कसरी न्यूनीकरण गर्ने भन्ने जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताइन्छ । 

नेपाल प्रहरी, सशस्त्र प्रहरी वल र नेपाली सेनाका जवानलाई खोंच वा भीरमा अड्किएकालाई तत्काल उद्दार गर्न पूर्वतयारी अभ्यास गराइएको हो । समाजिक सञ्जालमा भिडियो बनाउने क्रममा धेरैले ज्यान गुमाउने अवस्थालाई न्यूनीकरण गर्न तालिम आयोजना गरिएको बताइन्छ ।

कार्यक्रममा गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माले विपद् उद्दार तथा व्यवस्थापनमा टोलीले उच्च मूल्यांकन गरेकाले सिमुलेश प्रदर्शन सफल हुने विश्वास व्यक्त गरेका थिए ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा निमित्त कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले विपद् जुनसुकै बेला आउन सक्ने भएकोले २४ सै घण्टा तयारी अवस्थामा रहन निर्देशन दिए । आर्थिक वर्षका अन्त्यतिर बढि वर्षा हुने भएकाले पहिलो लगायतका अन्य प्रकारका विपद व्यवस्थापनमा तयार अवस्थामा बस्नुपर्नेमा उनले जोड दिए । 

कार्यक्रममा आत्महत्या गर्न लागेकी एक अविवाहित महिलाको कथा प्रस्तुत गरिएको थियो । विवाहका लागि घर परिवारले सहमति नदिएपछि भीरबाट हाम फाली आत्महत्या प्रयास गरेका एक प्रेमिल जोडीको उद्दार गरी अस्पताल पठाइएको कथावस्तुलाई नाटकीय रुपमा प्रस्तुत गरिएको थियो । उक्त सिमुलेशनमा विपद्को समयमा प्रहरी कार्य स्पष्ट प्रस्तुत गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ